बाबुरामको नयाँ पार्टीमा तीन जना अध्यक्ष राख्न प्रस्ताव
काठमाण्डौं । जनता समाजवादी पार्टी (जसपा) नेपालबाट कारबाहीमा परेका जसपा संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले नयाँ पार्टी गठनको प्रक्रिया अगाडि बढाएका छन् ।
नयाँ पार्टीको नाम टुङ्गो लागे पनि सो पार्टीको अध्यक्ष पदको बारे भने अझै अन्योल रहेको छ ।
भट्टराई पक्षका नेता गङ्गा श्रेष्ठका अनुसार नयाँ पार्टीको नाम ‘नेपाल समाजवादी पार्टी’ रहने भएको छ । दीपक लामिछाने अध्यक्ष रहेको समावेशी लोकतान्त्रिक पार्टीलाई संशोधन गरी नयाँ पार्टीको नाम ‘नेपाल समाजवादी पार्टी’ नाम राखिएको बताइएको छ ।
सो नाम निर्वाचन आयोगमा समेत पठाइसकिएको र आयोग पनि सो नामप्रति सकारात्मक रहेको भट्टराई पक्षका नेताहरूको भनाई छ । ‘अन्य डकुमेन्टहरू राखेर अब पार्टी दर्ताको प्रक्रियामा जान्छौँ,’ एक नेताले भने, ‘अधिकारीले समावेशी लोकतान्त्रिक पार्टी बाबुराम पक्षलाई दिने हुनुभएको छ । उहाँसँग कुराकानी चलिरहेको छ । पार्टीको नाम फेरेर आँखा चुनाव चिन्ह राखेर नयाँ पार्टी दर्ता गराउने प्रक्रिया अगाडि बढाउँछौँ ।’
यता पार्टीका नेता प्रशान्त सिंहले भने पार्टी गठनबारे अहिले कुनै कुरा टुङ्गो नलागेको बताउँदै आफूहरू छलफलकै क्रममा रहेको बताए । ‘विभिन्न नाममा छलफल चलिरहेको छ, आयोगसँग पनि परामर्श लिने काम भइरहेको छ । केही दिनमै सबैको कुराको टुङ्गो लाग्छ होला,’ उनले भने, ‘नेपाल समाजवादी पार्टी नाममा लगभग सबैको सहमति छ । तर त्यसलाई अन्तिम रूपमा दिन बाँकी छ ।’
यता, डा।बाबुराम भट्टराईले कार्यकारी भूमिकामा नरहने भनिसकेपछि अध्यक्ष को रहने बारे पनि पार्टीमा छलफल चलिरहेको छ । बाबुरामले आफू कार्यकारी अध्यक्षमा नबस्ने संघीय परिषद् वा त्यस्तै कुनै पद सृजना गरेर अभिभावकको भूमिकामा रहने बताएपछि पार्टीमा अध्यक्षको खोजी सुरु भएको हो ।
अध्यक्षको टुङ्गो नलागेका कारण नयाँ पार्टीको लागि कार्यसमिति बनाउन ढिलो भइरहेको छ । बाबुराम पक्षका एक नेताले भने, ‘पार्टीमा अध्यक्ष को रहने र पदाधिकारी कतिजनाको बनाउने टुङ्गो लागेको छैन ।’
भट्टराईले नयाँ पार्टीमा तीनजना अध्यक्ष राख्ने प्रस्ताव गरेका छन् । एकजना खस आर्य, अर्को जनजाति र तेस्रो मधेसीबाट अध्यक्ष राख्ने प्रस्ताव उनको रहेको छ । मधेसीबाट महेन्द्र राय यादव वा राजकिशोर यादवमध्ये एक जना राख्ने, जनजातिबाट हिसिला यमि वा गङ्गा श्रेष्ठमध्येबाट एक जना राख्ने विषयमा छलफल भइरहेको छ । खस आर्यको बारेमा अझै टुङ्गो नलागेको ती नेताले बताए । बाबुराम पक्षमा रहेका महेन्द्र राय यादव जिल्ला गएको कारण यसबारे थप छलफल हुन पाएको छैन । सबै नेताहरू काठमाडौँ फर्केपछि यस विषयमा छलफल हुने बताइएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #डा . बाबुराम भट्टराई, #बाबुरामको नयाँ पार्टीमा तीन जना अध्यक्ष राख्न प्रस्ताव
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्