रसुवामा काँग्रेस पार्टीले दियो घरदैलो अभियानलाई तीव्रता
रसुवा । आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचन लक्षित गरि काँग्रेसले हिमाली जिल्ला रसुवामा चुनावी गतिविधि बढाएको छ । पाँच गाउँपालिका रहेको रसुवामा काँग्रेस पार्टीले घरदैलो अभियानलाई तीव्रता दिएको छ ।
नेपाली कांग्रेसले जिल्लाभर चुनावी अभियान सञ्चालन गरिरहेको छ । ‘घर घर जाऔँ, कांग्रेस जिताऊ’ अभियानका साथ नेताहरू वडास्तरसम्म परिचालन भएको कांग्रेसले जनाएको छ । यसअघि जिल्लामा केन्द्रीयस्तरका नेताबाट समेत पार्टी प्रशिक्षणलगायतका काम गरिसकेको कांग्रेसले अघिल्लो निर्वाचनभन्दा यसपटक माहोल आफ्नो पक्षमा रहेको दाबी गरिरहेको छ ।
रसुवाबाट प्रतिनिधिसभा सांसद एंव काँग्रेस केन्द्रिय सदस्य ईन्जिनियर मोहन आचार्य यस पटक पाँच वटै गाँउपालिकामा नेपाली काँग्रेसले विजय हासिल गर्ने बताउनु हुन्छ।
संमृघ्द रसुवा निर्माणका लागी रसुवालि जनताले काँग्रेसलाई नै रोज्ने उहाँ बताउनु हुन्छ। काँग्रेसले नेतृत्व गरेका गाँउपालिकामा सम्पन्न विकास निर्माणका गतिविधिले यसको पुष्ठि गरिसकेको उहाँ बताउनुहुन्छ।
पाँच स्थानीय तह भएको रसुवामा स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसले दुई गाउँपालिका, नेकपा (एमाले) ले दुई गाउँपालिका र नयाँ शक्ति नेपालले एक गाउँपालिकामा विजय हासिल गरेको थियो । नयाँ शक्ति पार्टि अहिले काँग्रेस पार्टीमा विलय भै सकेको छ। रसुवामा ३२ हजार ३२३ मतदाता रहेका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #रसुवा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्