किन रोज्यो नेकपाले २३ गतेको सभामा नारायणहिटी दरबार ?
नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा) ले ठूला सभा गर्दा राजधानीको यातायात व्यवस्था अस्तव्यस्त हुने समस्याबाट मुक्त हुन २३ गतेको सभा नारायणहिटी दरबार संग्रहालयको दक्षिण प्रवेशद्वार अगाडी गर्न लागेको स्पष्ट पारेको छ ।
आज आयोजित भेला तयारी सम्बन्धी कार्यक्रममा बोल्दै नेकपाका वागमती प्रदेश अध्यक्ष आनन्द पोखरेलले यातायात व्यवस्थालाई सुचारु राख्न र भेलामा उपस्थित हुने करिब २ लाख सहभागी संख्यालाई हेरेर उक्त स्थान छानिएको जानकारी दिनुभयो । ‘गुगल म्याप सर्च गर्दा र इन्जिनियर सहित विभिन्न ठाउँमा हेर्दा यसअघि राजधानीमा सभा गरिने ठाउँमा भन्दा त्यहाँ सर्वाधिक मानिस अट्न सक्ने देखियो ।’ उहाँले भन्नुभयो ।
ठूला सभाका लागि विगतको चर्चित स्थान खुल्लामञ्चमा बस पार्क राखिएका कारण राजनीतिक सभाहरु अहिले रत्नपार्क, भृकुटीमण्डप, माइतिघर मण्डला आदि स्थानहरुमा हुने गरेका छन् । ‘यि स्थानहरुमा बढीमा २० हजार मात्र अट्न सकिने देखियो’, उहाँले थप्नुभयो ।
सभाका लागि नारायणहिटी दरबार संग्रहालयको उक्त स्थान छनौट गरिएपछि सामाजिक सञ्जालमा विभिन्न टिप्पणी सुरु भएको भन्दै उहाँले यसलाई लिएर आधारहीन हल्लाहरु पनि फैलाइएको बताउनुभयो । ‘त्यस्तो भन्नेहरुले नारायणहीटी अब दरबार नभएर दरबार संग्रहालय भइसकेको बिर्सिए’।
सत्तारुढ पार्टीबाट सभा आयोजना हुनु अस्वभाविक भनेको कुरा उठाउँदै उहाँले आफ्नो दल निर्वाचनमा जाँदै गरेकोले यस्ता सभा अझ अरु पनि गरिने बताउनुभयो । कार्यक्रममा पार्टीका प्रेस इन्चार्ज राजेन्द्र गौतम र प्रेस संगठन नेपालका संयोजक गणेश बस्नेतले पनि सम्बोधन गर्नुभएको थियो ।
क्याटेगोरी : राजनीति
ट्याग : #नेकपाले २३ गतेको सभामा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्