नेविसङ्घले बिपीजयन्ती मनाउने
नेपाली काँग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ ९नेविसङ्घ०ले पार्टीका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको १०७औँ जन्मजयन्ती मनाउने भएको छ । नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले आज विज्ञप्ति जारी गरी जननायक बिपी कोइरालाको १०७ औँ जन्मजयन्ती भदौ २४ गते देशभर मनाउन नेविसङ्घ जिल्ला समितिलाई निर्देशन दिनुभएको हो ।
नेविसङ्घले बिपी जन्मजयन्तीका अवसरमा विभिन्न प्रविधिका माध्यमबाट कोइरालाको योगदान तथा व्यक्तित्व सम्बन्धमा गोष्ठी, छलफल गर्ने, वृक्षरोपण, रक्तदान, वृद्ध र बिरामीलाई फलफूल वितरण गरी मनाउन सबै जिल्ला समितिलाई परिपत्र गरेको छ ।
यस्तै नेविसङ्घले अविरल वर्षासँगै गएको बाढी, पहिराका कारण विस्थापित भएका तथा लामो समयको बन्दाबन्दी र निषेधाज्ञाका कारण दैनिक जीवनयापन कष्टकर भएकालाई राहत तथा विभिन्न सहयोग गर्न आह्वानसमेत गरेको छ । अध्यक्ष ढुङ्गानाले सामाजिक दूरी कायम राखेर बिपीजयन्ती मनाउन सबै जिल्ला समितिलाई आग्रहसमेत गर्नुभएको छ ।
क्याटेगोरी : राजनीति
ट्याग : #नेविसङ्घ
धेरै पढिएका
- १टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- २तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ३तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ४यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६काठमाडौंमा भूकम्पको धक्का, धेरैबेर हल्लायो
- ७पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ८महानगरमा भाँडभैलो मच्चाएर बालेन बिदामा- प्रशासकीयलाई प्रवेश निषेध, निमित्तले जागिर नै छाडे
तपाईको कमेन्ट लेख्नुहोस्