नेकपा सचिवालय : कार्यदल अनुमोदित

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको आजको सचिवालय बैठकले आन्तरिक विवाद मिलाउन अध्यक्षद्वयले गठन गरेको कार्यदललाई अनुमोदन गरेको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच गत साउन ३० मा भएको छलफलबाट महासचिव विष्णुप्रसाद पौडेलका संयोजकत्वमा छ सदस्यीय कार्यदल गठन भएको थियो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवं नेकपा प्रचार तथा प्रकाशन विभागका उपप्रमुख सूर्य थापाले बैठकले कार्यदललाई बधाई ज्ञापन र अनुमोदन गरेको जानकारी दिनुभयो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकले कार्यदलको प्रतिवेदन अध्यक्षद्वयसमक्ष प्रस्तुत गर्ने र बैठकम आउने तालिका तय गरेको छ ।
यसअघि गत साउन ४ गते बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले पार्टीको महाधिवेशन चाँडै (मङ्सिरभित्र) गर्न प्रस्ताव गर्नुभएको र त्यसमा सहमति भए पनि विवाद बाहिर आएको थियो । नेकपामा गत असार १० गते शुरु भएको स्थायी कमिटीमा नियमित कार्यसूचीका अतिरिक्त शक्ति बाँडफाँट र सरकार–पार्टीबीचको समन्वयबारे विवाद उत्पन्न भएको थियो ।
क्याटेगोरी : राजनीति
ट्याग : #नेकपा सचिवालय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ६काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ७पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ८तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
तपाईको कमेन्ट लेख्नुहोस्