भारतबाट उद्धार गरी आएका २३ जनाको पीसिआर नेगेटिभ
संखुवासभा– भारतबाट उद्धार गरी ल्याइएका २३ जनाको स्वाब अर्थात पीसीआर परिक्षणको रिपोर्ट नेगेटिभ आएको छ । शनिबार रुपन्देही जिल्लाको सुनवल नाकाबाट सङ्खुवासभा आइपुगेका २३ जनाको स्वाब सङ्कलन गरेर धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको स्वास्थ्य कार्यालय संखुवासभाले जनायो ।
२३ जनाकै पीसीआर रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य प्रमुख रमेश बाह्रकोटीले बताए । यसअघि उनीहरुको आरडीटी रिपोर्ट पनि नेगेटिभ आएको थियो, उनले भने, पीसीआर रिपोर्ट नेगेटिभ आयो । दुई हप्ताअघि उनीहरु भारतबाट लुकेर सुनवल नाका हुदै रुपन्देही आएका थिए । रुपन्देहीमा क्वारेन्टाईमा बसेका २३ जनालाई संखुवासभाका स्थानीय तहले आफ्नो खर्चमा उद्धार गरेका हुन् ।
पीसिआरमा नेगेटिभ देखिएपनि मादी नगरपालिकाका नौ, चैनपुर नगरपालिकाका पाँच र खाँदबारी नगरपालिकाका एक जनालाई धर्मदेवी नगरपालिका ४ पिलुवामा निर्माण गरिएको क्वरेण्टीनमा राखिएको छ । पाँचखपन नगरपालिकाका सात जनालाई पाँचखपनको क्वारेन्टाईनमा राखिएको छ । सभापोखरी गाउँपालिकाका एक जनालाई सभापोखरीकै क्वरेण्टीनमै राखिएको छ । उनीहरुकोे पीसीआर रिपोर्ट नेगेटिभ आएपछि सबै जना ढुक्क भएको स्वास्थ्य प्रमुख बाह्रकोटीले बताए ।
जिल्लाको १० स्थानीय तहले पालिकामा बेग्लाबेग्लै क्वारेन्टाईन निर्माण गरेको छ । जिल्लाभर एक सय ८२ जना क्षमताको क्वरेण्टीन निर्माण भएको स्वास्थ्यका सूचना अधिकारी रोशन श्रेष्ठले बताए । उनका अनुसार अहिलेसम्म ती क्वारेन्टाईनमा एक सय ३२ जना राखिएको छ । जिल्ला भित्रिनासाथ उनीहरुको स्वाब र आरडिटी परिक्षण गरिएको उनले बताए ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्