नेता गौतमले नेकपाको सचिवालय बैठकमा नक्शा प्रकाशनका लागि आफूले नै प्रस्ताव गरेको कुरा यसअघि नै सार्वजनिक नै गरिसकेका छन् । तत्कालिन एमालेको सरकारबाट गौतमले उपप्रधान तथा गृहमन्त्री रहेका थिए । उनले त्यतिवेला प्रधानमन्त्री लोकेन्द्रवहादुर चन्दसंग पनि भारतीय पक्षले अतिक्रमण गरिएको भूमि फिर्ता गराउन कुटनीतिक पहलक गर्न दवाव दिएका थिए ।
यसैगरी राप्रपाका केन्द्रीय सदस्य उज्जल विक्रम थापाले पनि गौतमले भारतले अतिक्रमण गरिएको भूमि फिर्ता ल्याउने पहल त्यतिवेला नै नगरेकोले उनको योगदान विर्सन नहुने बताएका छन् ।
सामािजक सञ्जालमा उनले भारतीय प्रधानमन्त्री इन्द्रकुमार गुजरालसंग सन् १९९७ मा पनि भारतीय पक्षबाट अतिक्रमण गरिएको भूमि फिर्ता ल्याउने सवालमा सरकारको तर्फबाट उपप्रधानमन्त्री गौतमले कडा र निडर रुपमा प्रस्तुत गरेको कुरा उल्लेख गरेका छन् । उनले भारतद्धारा अतिक्रमण गरिएको भूमि फिर्ता ल्याउन यहाँसम्म आउनमा गौतमको योगदान विर्सन नमिल्ने बताएका छन् ।
“आफ्नो राष्टको माटो फिर्ता ल्याउने अभियानले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुप लिएको छ । यहाँसम्म आउन र राष्टिय गौरवको कुरा निडर र कडा रुपमा नेपालको तर्फबाट १९९७ का भारतीय प्रधानमन्त्री आई के गुजरालको समक्षम प्रस्तुत गर्ने त्यो वेलाका नेपालका उपप्रधानमन्त्री वामदेव गौतमजी को योगदान यो देशले विर्सन मिल्दैन, ” उनले लेखेका छन्, “आज सिमा विवादको विभिन्न चरणमा नेपाल भारत बीच भएका वैठकहरु गौतमको कडा प्रस्तुत र प्रस्तावको कारण भएको हो । मेरो तर्फबाट नमन ।”
नेपाल र भारतबीच सीमा विवादको कुरा बाहिर आइरहेको वेला अहिले भारतीय मिडियाले नेपालको अतिक्रमित भूमिमा भारतीय सेना हट्नुपर्दछ भन्ने राष्टवादी आडन राख्दै आउनु भएको नेता गौतमबारे भनिरहेका छन् ।
तपाईको कमेन्ट लेख्नुहोस्