१९१ पत्रकारको पिसिआर रिर्पोट नेगेटिभ

काठमाडौँ, ९ जेठ : १९१ जना पत्रकारको कोरोना भाइरस (कोभिड १९)को रिर्पोट नेगेटिभ आएको छ ।
टेकुस्थित राष्टिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा सवैको रिर्पोट नेगेटिभ आएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले जानकारी दिनुभयो ।
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको समन्वयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाबाट आएको टोलीले गत मंगलबार राष्टिय सञ्चारमाध्यम, अनलाइन मिडियामा कार्यरत १९१ जना पत्रकारको कोभिड १९ परीक्षणका लागि स्बाव संकलन गरेको थियो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा महासंघका स्वास्थ्य उपसमितिका संयोजक गोविन्दप्रसाद चौलागाईंले परिक्षण गरिएका पत्रकारको रिर्पोट नेगेटिभ आएको र उक्त रिर्पोट चाडै नै सम्बन्धित पत्रकारलाई वितरण गर्ने बताउनुभयोे ।
यसअघि प्रेस काउन्सिलले गरेको ७० जना बरिष्ठ पत्रकार, सम्पादकको रिर्पोट पनि नेगेटिभ आएको थियो ।
कोभिड १९ को संक्रमण अग्रपक्तिमा काम गर्ने पत्रकार, सुरक्षाकर्मीमा देखिन थालेपछि महासंघले पनि उपत्यकामा काम गर्ने विभिन्न सञ्चारमाध्यमका पत्रकारको कोभिड १९ परीक्षण गरेको हो ।
क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
ट्याग : ##कोभिड१९
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्