आज ३० जना नयाँ संक्रमित, कुल ४८७ पुगे
काठमाडौँ, ९ जेठ : कोरोना भाइरस (कोभिड १९)को संक्रमण आज ३० जनामा देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले राष्टिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ र भरतपुर अस्पताल चितवनमा परीक्षणको क्रममा नवलपरासी, चितवन, कपिलवस्तु र सर्लाहीका संक्रमित रहेका छन् ।
नवलपरासी (वर्दघाट सुस्ता पूर्व)का विनयत्रिवेणी गाउँपालिका वडा नंं ६ निवासी ४५ बर्षीय पुरुष, चितवन भरतपुर महानगरपालिका वडा नंं ६ केशरवाघका ८४ बर्षीय पुरुष र ७३ बर्षीय महिला रहेका छन् ।
नवलपरासी सुस्ता गाउँपालिका ५ र रामग्राम नगरपालिका वडा नं. ३ र १८ निवासी ३३, ३५ बर्षीय पुरुष, १५ बर्षीय महिला, कपिलवस्तु वाणगंगा नगरपालिका, महादेवी गाउँपालिका निवासी क्रमश २४, २५, २७, २९, ३४, ३६, ४५ र ५३ बर्षीय पुरुषहरु र ८ बर्षीया बलिका रहेका छन् ।
यसैगरी नयाँ संक्रमितमा सर्लाही गोडैता नगरपालिका वडा नंं ८, ९, ११, १३ र १४ तथा रामनगर वहुअर्वा गाउँपालिका वडा नंं. ७ निवासी २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८, ३९ बर्षीय पुरुषहरु र १८ बर्षीया महिला रहेका छन् ।
नयाँ आज भेटिएका संक्रमितसंगै अहिलेसम्म संक्रमितको संख्या ४८७ जना पुगेको छ । हिजो विहिबार मात्र ३० जनामा संक्रमण देखिएको थिए । अहिलेसम्म कोभिड १९ को संक्रमणबाट तीन जनाको मृत्यु भएको छ ।
उहाँका अनुसार संक्रमितको स्वास्थ्य अवस्था सामान्य र स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।
क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
धेरै पढिएका
- १एमालेको राजधानी प्रदेश अध्यक्षमा नारायण सिलवाल, अरु क-कसले पाए जिम्मेवारी ?
- २यि हुन काठमाडौ एमालेमा संसदका लागी सीफारीस भएका दश वटौं क्षेत्रका नामावली
- ३तारकेश्वरमा फागुन २१मा हुने प्रतिनिधिसभा चुनावका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना
- ४टोखाका प्रथम प्रधानाध्यापक तथा पूर्व प्रधानपञ्च केशवराज जोशीको निधन, नगरपालिकाद्वारा झण्डा ओढाएर सम्मान
- ५मानसिक स्वास्थ्य सेवा विस्तारबारे सर्वोच्च अदालतको फैसला र कार्यान्वायन नभएकोमा सरोकारवालाको चिन्ता
- ६काठमाण्डौ क्षेत्र नं ५ मा ईश्वर पोखरेल सर्वसम्मत
- ७विशेष महाधिवेशन पक्षधरको दबाब: १६५ क्षेत्रमा उम्मेदवारी, ६६ सिट सुनिश्चित गर्नुपर्ने
- ८तनावग्रस्त लौकही बजार : सशस्त्र प्रहरीको व्यारेकमा ढुङ्गा मुढा, प्रहरीको विटमा समेत आगजनी






तपाईको कमेन्ट लेख्नुहोस्