Techie IT
बुधबार, चैत्र १२,२०८१

नेपालको नयाँ नक्सा अस्वीकारपछि गगनले दिए भारतलाई चेतावनी


काठमाडौँ ८ जेठ सासंद गगन थापाले नेपालले आफ्नै भूमिलाई नक्सामा समावेश गरेको हो भन्दै भारत सरकारलाई कडा जवाफ दिएका छन् । बुधबार मात्रै नेपालले सार्वजनिक गरेको राजीनीतिक तथा प्रशासनिक नक्सालाई भारतले नमान्ने बताएपछि उनले भारतलाई यस्तो जवाफ दिएका हुन् ।

सांसद थापाले आफ्नो आधिकारिक फेसबुक पेजमा परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञावलीलाई सम्बोधन गर्दै भारतलाई ऐतिहासिक तथ्य र प्रमाणसहित नेपालले आफ्नै भूमिलाई नयाँ नक्सामा समावेश गरेको भनेर सन्देश पठाउन आग्रह गरेका छन् ।

उनले लेखेकाछन्,‘परराष्ट्रमन्त्रीज्यू, हाम्रो नयाँ नक्सा अमान्य हुने जनाएको भारत सरकारलाई ऐतिहासिक तथ्य र प्रमाणसहित भनिदिनुहोस् कृतिम विस्तार त भारतले नेपाली भूमिसहित नक्सा जारी गर्दा गरेको हो ।’

आफ्नो फेसबुक पेजमार्फत उनले भनेका छन् नेपालले सार्वजनिक गरेको नयाँ नक्सा नै वास्तविक नक्सा हो । र यो नै सत्य हो । उनले बुधबार राती यस प्रकारको स्टाटस पोष्ट गर्दै लेखेका छन्, ‘सत्य यही हो । लिम्पियाधुरा, लिपुलेक र कालापानी हाम्रो भू–भाग हो ।’ सांसद थापाले सिमा बिबादका विषयमा खुलेरै भारतीय विस्तारबादको विरोद्ध गर्दै आएका छन् ।

नेपालले आफ्नो भू–भागमाथि दाबी गरेको भन्दै भारतीय विदेश मन्त्रालयले बुधबार साँझ विज्ञप्ति जारी गरेर नेपालको नयाँ नक्सा आफुहरुलाई अस्वीकार्य हुने बताएको छ

विज्ञप्ति मार्फत भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपाललाई यस्तो अनुचित दाबी नगर्न भन्दै भारतको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्न आग्रह गरेका छन् । विज्ञप्तिमा नेपाली नेतृत्वले कूटनीतिक सम्बाद मार्फत सीमा बिबाद समाधान गर्ने वातावरण बनाउने विश्वास पनि व्यक्त गरिएको छ ।


क्याटेगोरी : विशेष, समाचार
ट्याग : #गगन थापा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:59 am6:19 pm +0545