प्रदेश एकमा थप १७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४४४ पुग्यो

सुनसरी – प्रदेश १ का थप १७ जनामा कोरोना भाइरस पुष्टि भएको छ । बुधबार राति थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रदेश एक मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परिक्षणमा उनीहरुको कोरोना पोजेटिभ देखिएको हो ।
झापा कचनकवल गाउँपालिका ३, ६ र ८ का दुई जना १८ वर्षका, दुई जना १९ वर्षका र अरु २२, २३, २५, २६, २८, ३०, ३२, ३७ र ४६ वर्षका पुरुषमा सङ्क्रमण पुष्टि भएको हो ।
प्रदेश १ मा कोभिड—१९ पुष्टि भएको जम्मा संख्या ७६ रहेको छ। निको हुनेहरुको संख्या २६ पुगेको छ। हिजो मात्रै ८ जना निको भएर घर फर्किएका छन् ।
प्रदेश एकमा हिजोसम्म पिसिआरबाट ३ हजार सात सय ७ जनाको परीक्षण भएको छ । त्यस्तै आरडीटीबाट ९ हजार ८ सय ३७ जनाको परीक्षण भएको मुख्यमन्त्री कार्यालय प्रदेश एककले जनाएको छ । यो सगै देशभरमा काेराेना संक्रमितकाे संख्या ४ सय ४४ पुगेकाे छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्