Techie IT
बुधबार, चैत्र १२,२०८१

कर्णाली प्रदेशमा पनि संक्रमण, संक्रमित पुगे ३७५


काठमाडौँ, ५ जेठ ः कर्णाली प्रदेश पनि कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट अछुतो रहेन ।

अहिले साँझ नयाँ देखिएका १८ जनामा संक्रमितमा कर्णाली प्रदेशको दैलेखका एक जनामा संक्रमण देखिएको छ । दैलेखसंगै खोटाग जिल्लामा पनि एक जनालाई संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले राष्टिय जनस्वास्थय प्रयोगशाला काठमाडौँ, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, भेरी अस्पताल नेपालगंज र कोशी अस्पतला विराटनगरमा परीक्षणका क्रममा १८ जनामा संक्रमण देखिएको बताए ।
नयाँ संक्रमित सवै पुरुष हुन् । दैलेख र खोटाग जिल्लामा देखिएसंगै संक्रमितको जिल्ला ३३ पुगेको छ ।
उनका संक्रमण देखिएकामध्ये धनुषा निवासी दुई जना पुरुष, खोटाग हलेसी निवासी एक जना पुरुष, वाँके नरैनापुर गाउँपालिका निवासी १२ जना पुरुषहरु, दैलेख आठविस वडा नंं १ निवासी एक जना पुरुष, सुनसरी निवासी एक जना पुरुष, झापा निवासी एक जना पुरुष रहेका छन् ।

यसअघि आजै ६२ जनामा संक्रमित देखिएको थियो । विहान ९ र दिउसो ५३ जनामा संक्रमण देखिएको हो । अहिले देखिएका १८ जनासंगै आजमात्रै ८० जनामा संक्रमण देखिएको छ । आज देखिएका संक्रमितमा सवभन्दा बढी बाँकेमा ५९ जनामा देखिएको छ । आज देखिएको संख्या सवभन्दा बढी हो ।

आज देखिएकासंगै संक्रमितको संख्या ३७५ पुगेको छ । भने दुई जनाको कोभिड १९ को कारणले मृत्यु भएको छ । नेपालमा अहिले दैनिक संक्रमितको संख्या बढिरहेको छ ।


क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
ट्याग : ##कोभिड१९


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
14°
Mist
5:59 am6:19 pm +0545