नेपालमा संक्रमित तीन सय नाघे, आज विहान मात्र नौ जनामा

काठमाडौँ, ५ जेठ ः कोरोना भाइरस (कोभिड १९)को संक्रमितको संख्या तीन सय नाघेको छ ।
अहिले विहान नौ जनामा संक्रमण देखिएपछि संक्रमितको संख्या ३०४ पुगेको हो । यसअघि हिजो २९५ जनामा संक्रमण देखिएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले राष्टिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणका क्रममा रौतहटमा आठ जना र बारामा एक जनामा देखिएको बताए ।
नयाँ संक्रमितमा रौतहट इशनाथ नगरपालिका वडा नंं. २, ३, ६ र ९ निवासी २१, २१, २३, २५, २५, २९ र ३० बर्षका पुरुषहरु र माधवनारायण नगरपालिका वडा नं. ३ निवासी २८ वर्षीय महिला रहेका छन् ।
यस्तै वारा जिल्लाको करैयामाई ५ निवासी ३८ वर्षीय पुरुष रहेका छन ।
हिजो आइतवार मात्र कोभिड १९ संक्रमणबाट वाँकेमा एक जनाको मृत्युभएको थियो । शुक्रबार सिन्धुपाञ्चोकमा एक जना महिलामा पनि संक्रमणको कारणले मृत्यु भएको पुष्टि भएको थियो ।
क्याटेगोरी : ब्रेकिंग न्युज, विशेष, समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्