गौतमले पठाए बर्दियामा स्वास्थ्यसामाग्री
काठमाडौ । नेकपाका उपाध्यक्ष बामदेव गौतमले आफ्नो गृहजिल्ला बर्दियामा कोरोना भाइरस (कोभिड १९) को रोकथाम र नियन्त्रणका लागि स्वास्थ्यसामाग्री पठाएका छन् ।
उनले बर्दियामा कोभिड १९ को महामारीमा उपचारमा संलग्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मी लगायतअग्रपंतिमा काम गर्ने सबैलाई सामाग्री पठाएका हुन् । यो अभियानमा उनीसंगै सांसद तुलसा थापा र युवा संघका नेता हरिश गौतमको पनि सहकार्य रहेको छ ।
नेता गौतमले पठाइएका सामाग्री जिल्ला प्रशासन कार्यालयलाई हस्तान्तरण गरिएको नेकपा बर्दियाका अध्यक्ष भवन थारुले जानकारी दिए ।
प्रशासन कार्यालयले जिल्ला विपद् व्यवस्थापन समितिमार्फत ८ स्थानीय तह, स्वास्थ्य कार्यालय बर्दिया, बर्दिया अस्पताल, एम्बुलेन्स सवारी संघ, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी वल कार्यालय, नेपाली सेना, पत्रकार महासंघलाई वितरण गरिएको ।
संक्रमण फैलिएको ठाउँमा वितरण गरिएको मार्फत वितरण गरेको छ ।
बर्दियकालागी पठाईएको स्वास्थ्य सामाग्रीमा ८० हजार थान सर्जिकल माक्स, पिपीई ५० थान, स्यानीटाईजर ५० लिटर, थर्मामिटर १५ थान लगाएत अन्य सामाग्री रहेका छन् ।
नेता गौतमले बढैयाताल गाउँपालिका, बाँसगढी नगरपालिका, बारबर्दिया नगरपालिका र गुलरिया नगरपालिका लागि १०÷१० हजार सर्जिकल माक्स, ५÷५ लिटर स्यानीटाईजर र १÷१ वटा थर्मलगन उपलब्ध गराएका छन् । त्यसैगरी मधुबन नगरपालिका, ठाकुरबाबा नगरपालिका, राजापुर नगरपालिका र गेरुवा नगरपालिकालाई ५ हजार थाना मास्क, एक ग्यालेन सेनिटाइजर एक वटा थर्मल गन रहेका छन् ।
यसैगरी पठाइएका सामाग्रीमा स्वास्थ्य कार्यालयलाई २ हजार थान मास्क, ३५ वटा पिपिई र ३ वटा थर्मलगन रहेका छन् । यसैगरी बर्दिया अस्पताललाई तीन हजार मास्क, एम्बुलेन्स सवारी चालकसंघलाई ५ सय मास्क, जिल्ला प्रहरी कार्यालयलाई दुई हजार मास्क,एक ग्यालेन सेनिटाइजर, एकवटा थर्मलगन, ५ वटा पिपिई शसस्त्र प्रहरी वललाई दुई हजार मास्क,एक ग्यालेन सेनिटाइजर, एकवटा थर्मलगन, ५ वटा पिपिई नेपाली सेनालाई एर्क हजार मास्क,एक ग्यालेन सेनिटाइजर र एकवटा थर्मल गन रहेका छन् ।
पत्रकार महासंघलाई ५ सय मास्क र विपद् व्यवस्थापन समितिलाई ९ हजार मास्क र एक वटा थर्मलगन पठाउनु भएको छ ।
बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले आफुहरुले प्राप्त गरेको उक्त स्वास्थ्य सामाग्रीलाई पारदर्शी ढंगले वितरण गर्ने बताए ।
उनले भने,‘जो बढी जोखिम मोलेर फिल्डमा खटिएका छन् उनीहरुको पहिचान गरी हामीले यो सामाग्रीलाई पारदर्शी ढंगले वितरण गर्नेछौं ।’ लामिछानेले आवश्कता अनुसार स्थानीय तह मार्फत जनस्तरसम्म पनि वितरण गर्ने जनाए ।
क्याटेगोरी : विशेष, समाचार
ट्याग : #बामदेव गौतम
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्