गौतमले पठाए बर्दियामा स्वास्थ्यसामाग्री

काठमाडौ । नेकपाका उपाध्यक्ष बामदेव गौतमले आफ्नो गृहजिल्ला बर्दियामा कोरोना भाइरस (कोभिड १९) को रोकथाम र नियन्त्रणका लागि स्वास्थ्यसामाग्री पठाएका छन् ।
उनले बर्दियामा कोभिड १९ को महामारीमा उपचारमा संलग्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मी लगायतअग्रपंतिमा काम गर्ने सबैलाई सामाग्री पठाएका हुन् । यो अभियानमा उनीसंगै सांसद तुलसा थापा र युवा संघका नेता हरिश गौतमको पनि सहकार्य रहेको छ ।
नेता गौतमले पठाइएका सामाग्री जिल्ला प्रशासन कार्यालयलाई हस्तान्तरण गरिएको नेकपा बर्दियाका अध्यक्ष भवन थारुले जानकारी दिए ।
प्रशासन कार्यालयले जिल्ला विपद् व्यवस्थापन समितिमार्फत ८ स्थानीय तह, स्वास्थ्य कार्यालय बर्दिया, बर्दिया अस्पताल, एम्बुलेन्स सवारी संघ, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी वल कार्यालय, नेपाली सेना, पत्रकार महासंघलाई वितरण गरिएको ।
संक्रमण फैलिएको ठाउँमा वितरण गरिएको मार्फत वितरण गरेको छ ।
बर्दियकालागी पठाईएको स्वास्थ्य सामाग्रीमा ८० हजार थान सर्जिकल माक्स, पिपीई ५० थान, स्यानीटाईजर ५० लिटर, थर्मामिटर १५ थान लगाएत अन्य सामाग्री रहेका छन् ।
नेता गौतमले बढैयाताल गाउँपालिका, बाँसगढी नगरपालिका, बारबर्दिया नगरपालिका र गुलरिया नगरपालिका लागि १०÷१० हजार सर्जिकल माक्स, ५÷५ लिटर स्यानीटाईजर र १÷१ वटा थर्मलगन उपलब्ध गराएका छन् । त्यसैगरी मधुबन नगरपालिका, ठाकुरबाबा नगरपालिका, राजापुर नगरपालिका र गेरुवा नगरपालिकालाई ५ हजार थाना मास्क, एक ग्यालेन सेनिटाइजर एक वटा थर्मल गन रहेका छन् ।
यसैगरी पठाइएका सामाग्रीमा स्वास्थ्य कार्यालयलाई २ हजार थान मास्क, ३५ वटा पिपिई र ३ वटा थर्मलगन रहेका छन् । यसैगरी बर्दिया अस्पताललाई तीन हजार मास्क, एम्बुलेन्स सवारी चालकसंघलाई ५ सय मास्क, जिल्ला प्रहरी कार्यालयलाई दुई हजार मास्क,एक ग्यालेन सेनिटाइजर, एकवटा थर्मलगन, ५ वटा पिपिई शसस्त्र प्रहरी वललाई दुई हजार मास्क,एक ग्यालेन सेनिटाइजर, एकवटा थर्मलगन, ५ वटा पिपिई नेपाली सेनालाई एर्क हजार मास्क,एक ग्यालेन सेनिटाइजर र एकवटा थर्मल गन रहेका छन् ।
पत्रकार महासंघलाई ५ सय मास्क र विपद् व्यवस्थापन समितिलाई ९ हजार मास्क र एक वटा थर्मलगन पठाउनु भएको छ ।
बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले आफुहरुले प्राप्त गरेको उक्त स्वास्थ्य सामाग्रीलाई पारदर्शी ढंगले वितरण गर्ने बताए ।
उनले भने,‘जो बढी जोखिम मोलेर फिल्डमा खटिएका छन् उनीहरुको पहिचान गरी हामीले यो सामाग्रीलाई पारदर्शी ढंगले वितरण गर्नेछौं ।’ लामिछानेले आवश्कता अनुसार स्थानीय तह मार्फत जनस्तरसम्म पनि वितरण गर्ने जनाए ।
क्याटेगोरी : विशेष, समाचार
ट्याग : #बामदेव गौतम
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ६काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ७पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ८तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
तपाईको कमेन्ट लेख्नुहोस्