वडाध्यक्षमाथि भएको आक्रमणको पुर्वराज्यमन्त्री खड्काद्धारा भत्सर्ना

सखुवासभाको खाँदबारी नगरपािलका ५ का कार्यवहाक वडाध्यक्ष श्याम निरौलामाथि खुकुरी प्रहार भएको घटनाको पुर्वराज्यमन्त्री दिपक खड्काले भत्सर्ना गर्नुभएको छ । खुकुरी प्रहारबाट सख्त घाइते भएका निरौलाको जिल्ला अस्पताल खाँदबारीमा उपचार भईरहेको छ ।
विज्ञप्तिको पूर्णपाठ
प्रेस बिज्ञप्ति
नेपाली कांग्रेस जिल्ला कार्यसमिति, संखुवासभाका सदस्य, नेपाल पत्रकार महासंघका पुर्व जिल्ला अध्यक्ष एवम खाँदबारी नगरपालिका वडा नं. ५ का का.वा. वडाध्यक्ष माल्टा निवासी युवा नेता श्री श्यामप्रसाद निरौला माथि हत्या गर्ने मनसायका साथ भएको कयरतापुर्ण सांघातिक आक्रमणको खबरले म स्तब्ध भएको छु ।
निरौला लाई गएराती करिव ८ बजे वडा कार्यालय नजिकै खुकुरी लगायत धारिला घरेलु हतियार प्रयोग गर्दै मरणासन्न हुनेगरी कुटपिट समेत गरि गम्भीर घाइते तुल्याइएको छ ।
यस प्रकारको बर्बरतापुर्ण जगन्य अपराधको म घोर निन्दा र भत्सर्ना गर्दछु । यो अपराधीक कार्यमा सङ्लग्न जोसुकै भएपनी पक्राउ गरि अबिलम्ब कानुनी कर्बाहिको दाहेरामा ल्याइ कडा भन्दा कडा कार्बाही गर्न स्थानीय प्रशासन समक्ष म जोड्दार माग गर्दछु । कुनै पनि बाहानाम अपराधीहरु लाई संरक्षण गर्ने वा जोगाउने कार्य भएमा बाध्य भएर परिस्थिति प्रतिकार्बही तर्फ जाने र यसले भयाभय स्थिति निम्तिन सक्ने तर्फ समेत सचेत गराउन चाहान्छु । सथै उपचारत गम्भीर घाइते युवा नेता श्याम प्रसाद निरौला को सिघ्र स्वास्थ लाभको कामना गर्दछु ।
मा. दिपक खडका
पुर्बराज्यमन्त्री तथा संबिधान सभा सदस्य
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्