वडाध्यक्षमाथि खुकुरी प्रहार गर्ने युवक पक्राउ
संखुवासभा– खाँदबारी नगरपालिका–५ का कार्यवाहक वडाध्यक्ष श्यामप्रसाद निरौलामाथि खुकुरी प्रहार गर्ने युवा पक्राउ परेका छन् । शुक्रबार राति ८ बजे वडा कार्यालय नजिकै निरौलामाथि स्थानीय बीरबहादुर तामाङले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।
खुकुरी प्रहार गर्ने युवा तामाङलाई गाउँलेहरुले समातेर जिल्ला प्रहरी कार्यालय खाँदबारीमा बुझाएको छ ।
अहिले कार्यवाहक अध्यक्ष निरौलाको जिल्ला अस्पताल खाँदबारीमा उपचार भइरहेको छ । पछाडिबाट खुकुरी प्रहार गरिएका निरौलाको टाउकोमा गम्भीर चोट लागेको छ । अहिले कार्यवाहक अध्यक्ष निरौला खतरामुक्त रहेको र टाउकोमा १० टाँका सिलाइ भएको जिल्ला अस्पताल खाँदबारीले जनाएको छ ।
कार्यवाहक अध्यक्षमाथि के कति कारणले आक्रमण भएको भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक मिमबहादुर लामाले बताउनुभयो ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्