डा. पाण्डे सहित छ चिकित्सकलाई सात दिने स्पष्टिकरण
काठमाडौँ, २ जेठ ः नेपाल स्वास्थ्य व्यवसायी परिषद् नेपालका कोरोना भाइरस (कोभिड १९)को संक्रमित एक युवाको अनुवांशिक (जिनेटिक) को अनुसन्धान परिषद्को स्वीकृतिवेगर विदेशीसंग मिलेर गरेको भन्दै छ जना चिकित्सकलाई स्पष्टिकरण सोधेको छ ।
परिषद्का प्रशासन शाखा प्रमुख युवराज खरेलले पत्र लेख्दै राष्टिय जनस्वास्थ्य प्रयोगशालाका डा. रन्जित शाह र प्रयोगशालकै डा. रुना झा, शुक्रराज टपिकल तथा सरुवा रोग अस्पतालका डा. अनुप वास्तोला, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डे, महाशाखाकै डा. विवेककुमार लाल र महाशाखाकै डा. हेमन्त चन्द्र ओझालाई स्पष्टिकरण सोध्नु भएको हो ।
ती छ जनाले परिषद्लाई नै थाहै नदिई संक्रमित युवाको स्बाव संकलन गरि अनुसन्धानका लागि विदेशीलाई दिएका थिए ।
परिषद्ले उनीहरुले नेपालका कोभिड १९ संक्रमित एक युवाको जिनेटिकको अनुसन्धानमा विदेशीलाई समेत संलग्न गराई “माइक्रोवायोलोजी रिसोर्स अनाउन्समेन्ट”मा प्रकाशन गरेको अनुसन्धानमूलक लेखमा परिषद्को स्वीकृत नलिई प्रकाशन गरेको भन्दै परिषद् ऐन २०४७ को दफा १२ (३) बमोजिम स्पष्टिकरण सोधिएको परिषद्का प्रशासन प्रमुख खरेलले जानकारी दिनुभयो ।
परिषद्ले लेख प्रकाशित भएपछि वैशाख २६ गते स्पष्टिकरण सोध्ने निर्णय गर्दै उनीहरुलाई स्पष्टिकरणका लागि बैशाख २९ गते पत्र पठाएको थियो ।
“ नेपाल स्वास्थ्य अनुसन्धान परिषद् ऐन, २०४७ को दफा ११ बमोजिम कुनै पनि मानवस्वास्थ्यसंग सम्बन्धित अनुसन्धान कार्य गर्दा परिषद्को पूर्वस्वीकृति लिनुपर्नेमा स्वीकृति नलिइकन अनुसन्धान कार्य सम्पन्न गरी वैज्ञानिक लेख समेत प्रकाशन गरेको हुँदा तपाईहरुले परिषद्बाट स्वीकृत नलिई उक्त अनुसन्धानमूलक लेख प्रकाशन गरेवापत तपाईहरुलाई किन कारवाही नगर्ने ?” स्पष्टिकरणमा भनिएको, “ कारवाही गर्न नपर्ने कुनै मनासिव कारण भए सोको स्पष्ट लिखित जवाफ प्रमाण सहित यो पत्र प्राप्त भएको मितिले ७ (सात) दिनभित्र परिषद्मा पेश गर्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद् ऐन, २०४७ को दफा १२ (३) बमोजिम परिषद्को मिति २०७७ साल वैशाख २६ गतेमा निर्णय भएको हुँदा निर्देशानुसार जानकारीका लागि अनुरोध छ । ”
क्याटेगोरी : ब्रेकिंग न्युज, विशेष, समाचार
ट्याग : #कोरोना भाइरस
धेरै पढिएका
- १टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- २तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ५तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ६यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
- ७काठमाडौंमा भूकम्पको धक्का, धेरैबेर हल्लायो
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्