डा. पाण्डे सहित छ चिकित्सकलाई सात दिने स्पष्टिकरण
काठमाडौँ, २ जेठ ः नेपाल स्वास्थ्य व्यवसायी परिषद् नेपालका कोरोना भाइरस (कोभिड १९)को संक्रमित एक युवाको अनुवांशिक (जिनेटिक) को अनुसन्धान परिषद्को स्वीकृतिवेगर विदेशीसंग मिलेर गरेको भन्दै छ जना चिकित्सकलाई स्पष्टिकरण सोधेको छ ।
परिषद्का प्रशासन शाखा प्रमुख युवराज खरेलले पत्र लेख्दै राष्टिय जनस्वास्थ्य प्रयोगशालाका डा. रन्जित शाह र प्रयोगशालकै डा. रुना झा, शुक्रराज टपिकल तथा सरुवा रोग अस्पतालका डा. अनुप वास्तोला, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डे, महाशाखाकै डा. विवेककुमार लाल र महाशाखाकै डा. हेमन्त चन्द्र ओझालाई स्पष्टिकरण सोध्नु भएको हो ।
ती छ जनाले परिषद्लाई नै थाहै नदिई संक्रमित युवाको स्बाव संकलन गरि अनुसन्धानका लागि विदेशीलाई दिएका थिए ।
परिषद्ले उनीहरुले नेपालका कोभिड १९ संक्रमित एक युवाको जिनेटिकको अनुसन्धानमा विदेशीलाई समेत संलग्न गराई “माइक्रोवायोलोजी रिसोर्स अनाउन्समेन्ट”मा प्रकाशन गरेको अनुसन्धानमूलक लेखमा परिषद्को स्वीकृत नलिई प्रकाशन गरेको भन्दै परिषद् ऐन २०४७ को दफा १२ (३) बमोजिम स्पष्टिकरण सोधिएको परिषद्का प्रशासन प्रमुख खरेलले जानकारी दिनुभयो ।
परिषद्ले लेख प्रकाशित भएपछि वैशाख २६ गते स्पष्टिकरण सोध्ने निर्णय गर्दै उनीहरुलाई स्पष्टिकरणका लागि बैशाख २९ गते पत्र पठाएको थियो ।
“ नेपाल स्वास्थ्य अनुसन्धान परिषद् ऐन, २०४७ को दफा ११ बमोजिम कुनै पनि मानवस्वास्थ्यसंग सम्बन्धित अनुसन्धान कार्य गर्दा परिषद्को पूर्वस्वीकृति लिनुपर्नेमा स्वीकृति नलिइकन अनुसन्धान कार्य सम्पन्न गरी वैज्ञानिक लेख समेत प्रकाशन गरेको हुँदा तपाईहरुले परिषद्बाट स्वीकृत नलिई उक्त अनुसन्धानमूलक लेख प्रकाशन गरेवापत तपाईहरुलाई किन कारवाही नगर्ने ?” स्पष्टिकरणमा भनिएको, “ कारवाही गर्न नपर्ने कुनै मनासिव कारण भए सोको स्पष्ट लिखित जवाफ प्रमाण सहित यो पत्र प्राप्त भएको मितिले ७ (सात) दिनभित्र परिषद्मा पेश गर्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद् ऐन, २०४७ को दफा १२ (३) बमोजिम परिषद्को मिति २०७७ साल वैशाख २६ गतेमा निर्णय भएको हुँदा निर्देशानुसार जानकारीका लागि अनुरोध छ । ”
क्याटेगोरी : ब्रेकिंग न्युज, विशेष, समाचार
ट्याग : #कोरोना भाइरस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्