लकडाउनको पूर्ण पालना हुन नसकेको संखुवासभाका स्थानीयबासीको गुनासो

कोरोना भाईरसका कारण संखुवासभामा पनि संत्रासका बढिरहेको बेला बाह्य जिल्लाहरुबाट संखुवासभा आउने क्रम अझै पनि पूर्ण रुपमा बन्द हुन नसकेको स्थानीय बासिन्दाहरुले गुनासो गरेका छन् ।
जिल्लाका स्थानीय तहहरुले विभिन्न निर्णय गरी कोरोना संत्रास घटाउने प्रयास गर्दा गर्दै पनि उचित अनुगमन नहुँदा बाह्ज जिल्लाबाट संखुवासभा भित्रने कार्य नरोकिएको भन्दै स्थानीयले गुनासो ब्यक्त गरेका छन् ।
प्रहरी प्रशासनले लकडाउनको उलंघन गर्नेलाई कारवाही स्वरुप विभिन्न सजाय दिलाए पनि केहि ब्यक्तीहरुले अझै लकडाउनको उलंघन गर्ने कार्य गरिरहेको भन्दै थप कडाई आवश्यक भएकोमा उनीहरुले जोड दिएका छन् ।
संखुवासभाको खाँदबारीमा अत्यावश्यक सामग्री ढुवानीको नाममा तराईका विभिन्न जिल्लाबाट मान्छे बोक्ने कार्य भइरहेकोमा उनीहरुले दुखेसो ब्यक्त गर्दै अनुगमन र नियन्त्रणलाई थप प्रभावकारी बनाउन माग गरेका छन् ।
यसै बिच बिहिबार जिल्ला समन्वय समिति संखुवासभामा बसेको सर्वदलीय बैठकले नेपाल सरकारले तोकेको उद्योग संचालनमा जिल्लामा उपलब्ध जनशक्ति प्रयोग गरी संचालनका लागि सहजीकरण गर्ने, जिल्लामा संचालन भइरहेका निर्माण आयोजनाहरुमा जनशक्तिको अभाव हुन नदिन जिल्ला भित्रका स्थानीय पालिकाहरु बिच समन्वय गरी एक स्थानीय पालिकाबाट अर्कोे पालिकासम्म ल्याउन लैजान सहजीकरण गर्ने निर्णय गरेको छ ।
जिल्ला समन्वय प्रमुख सुमन शाक्यको सभापतित्वमा जिल्लाका १० वटै पालिकाका प्रमुखसहित बसेको बैठकले त्यस्ता श्रमिकहरु प्रयोग गर्दा स्थानीय पालिकाले राहतका लागि सुचिकरण गरेका श्रमिकहरुलाई प्राथमिकता दिने निर्णय गरेको गरेको नेपाली काँग्रेसका जिल्ला सभापति दीपन कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्