संखुवासभामा सब्जी बोक्ने गाडीले मान्छे बोकेपछि खाँदबारीको क्वारेण्टीनमा राखियो

कोरोनाको संत्रास बढिरहेको बेला संखुवासभाको सदरमुकाम खाँदबारी बजारमा सब्जी पसल चलाईरहेका एक ब्यवसायीले खाद्य सामग्री बोकेको गाडीमा राखेर अन्य जिल्लाबाट यात्रु ओसार प्रसार गर्ने गरेको स्थानीय बासिन्दाले आरोप लगाएका छन् ।
बिहिबार मात्रै खाँदबारीको पोखरी बजारमा फलफुल तथा तरकारी ब्यवसायी संचालन गरिरहेका धिरज चौधरीले तरकारी बोक्ने गाडीमा अन्य ३ जना समेत लुकाई ल्याएको प्रहरीले फेला पारेको हो । सभाखोलास्थित प्रहरी चेक पोष्टमा सवारी साधन चेक गर्ने क्रममा उनले अरुण तेश्रोमा काम गर्ने २ जना र अन्य १ जनालाई समेत तरकारी बोकेको गाडीमा संगै ल्याएका थिए ।
मान्छे ओसार पसार गर्ने चौधरी सहित अन्य ३ जनालाई चेकजाँच स्थल सभाखोलाबाट एम्वुलेन्स मार्फत खाँदबारीस्थित बरुण बहुमुखी क्याम्पसको क्वारेन्टीनमा राखिएको नगर स्वास्थ्य संयोजक दिलिप श्रेष्ठले जानकारी दिनुभयो ।
खाँदबारीको बरुण बहुमुखी क्याम्पसमा रहेको क्वारेण्टीनमा आज थपिएका १० सहित १७ जना रहेको श्रेष्ठले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्