Techie IT
आईतबार, माघ १३,२०८१

महामारीपछि सिर्जना हुने वेरोजगारलाई रोजगारी उपलब्ध गराउने उपायको खोजीमा : प्रम


काठमाडौँ, १ जेठः प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड १९)को यस विषयम परिस्थितिको सामाना गर्न र समृद्ध नेपाल सुखी नेपालीको राष्टिय आकांशा पुरा गर्ने युगान्तरणको यस विन्दुमा एकजुट हुन युवा विद्यार्थीलाई आह्वान गर्नु भएको छ ।
उहाँले समृद्ध नेपाल र सुखी नेपालीको राष्टिय आकांशा पुरा गर्ने अभियानमा सरकार रहेको बताउनु भएको छ ।

कोरोना महामारीपछि सिर्जना हुने सम्भावित वेरोजगारको पक्तिलाई रोजगारी उपलब्ध गराउने उपायको खोजीमा रहेको रहेको बताउनुभयो ।
“अहिले हामी रोजगारी र शिक्षाको अवसरका लागि विदेशिका युवालाई स्वदेशमै रोजगारी र व्यवसायको अवसरको सिर्जना गर्न अग्रसर छौ, ” उहाँले सन्देशमा भन्नु भएको छ, “ यस अग्रसरताले नेपाललाई अविकासबाट विकासतिर र पर्छौटेपनबाट समृद्धितिर, गरिबीबाट सम्पन्नतातिर र परनिर्भरताबाट आत्मनिर्भरतातिर लैजाने छ । राष्टको यस संकल्पमा युवाको रचनात्मक सहभागिता हुने छ भन्ने आशाा गरेको छु ।”

उहाँले सन्देशमा युवा समुदायलाई दक्षता तथा सीप पलायनबाट जोगिदै स्वतन्त्र र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न फलदायी उद्यमशीलताको अभियन्ता बन्ने प्रेरणा दिनुपर्ने बताउनु भएको छ ।
सचेत वर्तमान युवा समुदाय सहित भविष्यम सामेल हुने युवा पक्ति युवाका संघसंस्था र व्यक्तिको यसमा यथेष्ट ध्यान जानुपर्ने भन्दै उहाँले सचेत युवा समुदायबाट संचालन हुने सचेतनाको कार्यक्रमबाट साँचो अर्थमा देशभक्ति, सहि अर्थमा समानता, न्याय, सामाजिक सुरक्षा तथा सम्मानित जीवन सहितको आत्मनिर्भर व्यक्ति तथा राष्ट निर्माणमा योगदान हुने उल्लेख गर्नु भयो ।

उहाँले युवाकाल सुन्दर भविष्यको सपना देख्ने र त्यसको प्राप्तिका लागि गतिशिल ढंगले लागिपर्ने उर्जावान समय भएकोले यस समयमा प्राप्त हुने उर्जाको सचेत सदुपयोगले इतिहास निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताउनुभयो ।
सन्देशमा नेपालमा भएका हरेक सामाजिक राजनीतिक परिवर्तनमा युवाको इतिहास प्रमाणित नेतृत्वदायी भूमिमा रहेको चर्चा समेत गर्नु भएको छ ।
उहाँले विभिन्न कालखण्डमा भएका सामाजिक राजनीतिक परिवर्तनको सही व्यवस्थापन नहुँदा मुलुक निर्माणमा युवा शक्तिको सदुपयोग हुन नसकेको बताउनुभएको छ ।

“ युवा शक्तिको सदुपयोगका लागि सचेतना र सिर्जनात्मकता मुख्य आधार हुन । यसो गर्न नसक्दा युवाको गतिशिल शक्तिलाई समाजका हानिकारक तत्वले आफ्नो अनुचित स्वार्थ पुरा गर्न दुरुपयोग गर्ने खतरा रहन्छ,” उहाँले सन्देशमा भन्नुभएको छ, “ युवा वयको भावनात्मक मनोद्वेगलाई देश र समाजको हितमा सकारात्मक बाटोतर्फ डोर्याउ युवा संगठन नेपालले भूमिका खेल्ने छ ।”
सन्देशमा उहाँले लोकतान्त्रिक आन्दोलनको सफलतापछि त्यसको प्रस्थापना अनुरुप संविधान सभाद्धारा संविधान निर्माण गरी आज मुलुकको विकास र समृद्धिको वाटोमा अग्रसर रहेको भन्दै सदियौदेखि अविकास र पर्छौटेपनमा रहेको नेपाललाई समृद्ध बनाउनु र नेपालीलाई सुखी बनाउनु मुख्य कार्यभार रहेको बताउनु भएको छ ।

“ समृद्धिको हाम्रो ध्येयभित्र देशमा आधुनिक कृषि, औद्योगिक विकास, रोजगारी सिर्जना, उद्यमशीलता,सामाजिक सुरक्षा र अवसरको न्यायोचित वितरण गर्दछ । समृद्धि परिपूर्ण लोकतन्त्रमा मात्र सम्भव छ, ” उहाँले सन्देशमा भन्नु भएको छ, “ परिपूर्ण लोकतन्त्रको राजनीतिक अधिकार र स्वतन्त्रता, अधिकार र अवसरमा न्यायोचित पहुँच समाजिक न्याय र समानता, सुशासन, भयरहित र सुरक्षित तथा मर्यादित जीवन सुनिश्चित गर्छ ।”

उहाँले विगतमा देशमा एकातिर रोजगारीका अवसर सिर्जना हुन सकेन भने अर्कोतिर अनपेक्षित हिंसात्मक द्धन्द्धले लाखौँ नेपाली युवा गाउँबाट शहर र शहरबाट विदेशतिर जान वाध्य भएको उल्लेख गर्नु भएको छ ।
“ शैक्षिक भविष्य खोज्न लाखौँ विद्यार्थी देशबाहिर गए” उहाँले भन्नुभएको छ, “ विगतमा हाम्रो देशभित्र रोजगारी सिर्जना हुन सकेको भए कोरोना भाइरसको यस विश्वव्यापी महामारीले भत्काएको विश्व अर्थव्यवस्थाले उत्पन्न गरेको भयावह अवस्थाको ठाउँमा हाम्रोआफ्नै उत्पादन प्रणालीले संकटको सामना गर्ने सामथ्र्य राख्ने थियो ।”
२०२२ साल जेठ १ गते अखिल नेपाल राष्टिय स्वतन्त्र विद्यार्थी यूनियन र २०४७ साल जेठ १ गते प्रजातान्त्रिक राष्टिय युवा संघ नेपालको स्थापना भएको थियो ।


क्याटेगोरी : ब्रेकिंग न्युज, विशेष, समाचार
ट्याग : #प्रम, #सन्देश


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
14°
Haze
6:51 am5:40 pm +0545