पत्रकार महासङ्घ काठमाडौँलाई सर्जिकल सप्लायर्स एशोसिएशनद्धारा मास्क , थर्मगन प्रदान

काठमाडौँ । नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखालाई सर्जिकल सप्लायर्स एशोसिएशन अफ नेपाल (सान) ले एक हजार मास्क र एक थान थर्मगन प्रदान गरेको छ । सानका अध्यक्ष रमण कायस्थले शाखाका अध्यक्ष शन्तराम बिडारीको तापक्रममापन गरेर थर्मगन प्रदान गर्नुभयो । सानका उपाध्यक्ष हरि रञ्जितकार तथा सचिव सुदन पराजुलीले शाखाका अध्यक्ष बिडारीलाई संयुक्तरूपमा मास्क प्रदान गर्नुभएको थियो ।
सानका अध्यक्ष कायस्थले कोभिड–१९ को सङ्क्रमण न्यूनीकरण गर्न सरकारले जारी गरेको लकडाउनमा अग्रस्थानमा क्रियाशील सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री सहयोग गरेको बताउँदै आगामी दिनमा पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
शाखाका अध्यक्ष बिडारीले समाजमा सत्य तथ्य सूचना सङ्कलन तथा समाचार प्रवाहमा क्रियाशील पत्रकारको चुल्हो निभ्न नदिने शाखाको अभियान रहेको बताउँदै उनीहरुको निःशुल्क स्वास्थ्य उपचार तथा बीमाका लागि सरकारसँग माग गर्नुभयो ।
अभाव, दबाब र प्रभावबिनाको पत्रकारिताको खाँचो औँल्याउँदै उहाँले विभिन्न दाताबाट खाद्य सामग्री सङ्कलन गरी आफ्ना २५० सदस्यलाई वितरण गरेको जानकारी दिनुभयो । शाखाले लकडाउनको समयमा जीविकोपार्जन गर्न कठिन भएका आफ्ना सदस्य पत्रकारलाई चामल, दाल, मस्यौरालगायत खाद्य सामग्री प्रदान गरेको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #पत्रकार महासङ्घ काठमाडौँ शाखा, #शन्तराम बिडारी, #सर्जिकल सप्लायर्स एशोसिएशन
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्