युवा संघ र विद्यार्थीले बुझाए सिमा अतिक्रमणको विरोधमा ज्ञापन पत्र

संखुवासभा – भारतले नेपाली भूमि दार्चुलाको लिपुलेक, तावाघाट, लिपुलेक हुँदै मानसरोवर तर्फ जाने बाटोननिर्माणगरि शिलान्यास गरेकोमा विरोधमा संखुवासभाका युवा संघ र अनेरास्ववियू विद्यार्थी संगठनले सरकारको ध्यानाकर्षण गर्दै ज्ञापन पत्र बुझाएका छन् ।
युवा संघ तथा विद्यार्थीहरुले बुझाएको ज्ञापन पत्रमा भारतले दार्चुला जिल्लाको तावाघाट, लिपुलेक हुँदै मानसरोवरतर्फ जानव्यास गाँउपालिका १ गुञ्जी देखीलिपुलेक सम्मको भुभागमिचेर २२ किलोमिटर लामो बाटो निर्माणगरि शिलान्यास गरेको प्रतिआक्रोश व्यक्तगर्दै तत्काल कुटनीतिक पहलकदमी बाट यो कदम रोक्न–रोकाउनसरकारसँग माग गरेको उल्लेख छ ।
देशको सिमाना छिमेकी देशबाट दर्जनौ ठाँउमा मिचिएको तथ्यहरु सार्वजनिक भईरहेको बेला सरकार चुपचाप बसेर रमिता हेरिरहेको युवा विद्यार्थीहरुले आरोप लगाएका छन् । युवा विद्यार्थीहरुले सिमानामा सुरक्षाफौज राख्न,काँडेतार लगाई घेरावार गर्न, सिमा सम्बन्धि दिर्घकालीन समस्या हल गर्नका लागि उच्च तहबाट निर्णायक पहललिन सरकासँग अनुरोध गरेका छन् ।
विश्वमानव जगत कोरोना भाईसरद्धारा आक्रान्तभएको समय छोपेर इतिहासको तथ्य तथा प्रमाणहरुलाई समेत कुल्चदै भारतले असल छिमेकीको सम्बन्धमा प्रश्न उठाएको आरोप लगाएको छ । युवा संघ र अनेरास्ववियुका जिल्ला संयोजक तथा सहसंयोजकहरु द्धारा हस्ताक्षरित ज्ञापन पत्रमा भारतीयपक्षबाट नेपाली भुमी अतिक्रमणगरि बनाईएको सडक सञ्चालन रोक्नको लागि कुटनीतिक कदमचाल्न समेत जोडदार माग गरेको छ । नेकपाको भातृ संगठन राष्ट्रिययुवा संघ र अनेरास्ववियू संखुवासभाले प्रमुख जिल्लाअधिकारी जीवन प्रसाद दुलाल मार्फत परराष्ट्र मन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्