आज एक जनामा संक्रमण, संक्रमित ११० पुगे
काठमाडौँ, २८ वैशाख ः आज पुनः एक जनामा कोरोना भाइरस (कोभिड– १९)को संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह– प्रवक्ता डा. समिरकुमार अधिकारीले उदयपुरको भुल्केका ४३ बर्षिय महिलामा संक्रमण देखिएको जानकारी दिनुभएको छ । उहाँका अनुसार ती महिलाको विराटनगरको कोशी अस्पतालको प्रयोगशालामा परीक्षणका क्रममा संक्रमण देखिएको हो ।
यो सँगै नेपालमा ११० जनामा कोभिड – १९ को संक्रमण देखिएको छ । ति संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहनुका साथै स्वास्थ्यकर्मीको निगरानीमा रहेको उहाँले जानकारी दिनुभएको छ ।
नेपालमा पहिलो संक्रमित माघ ९ गते फेला परेको थियो । रासस
क्याटेगोरी : समाचार
ट्याग : #कोभिड १९






तपाईको कमेन्ट लेख्नुहोस्