प्रेश युनियन संखुवासभाद्वारा संचारकर्मीलाई खाद्यान्न सहयोग

नेपाल प्रेश युनियन जिल्ला शाखा संखुवासभाले लामो समयको लकडाउनका कारण समस्यामा रहेका संखुवासभाका संचारकर्मीलाई खाद्यान्न सहयोग उपलब्ध गराएको छ ।
नेपाल प्रेश युनियनका जिल्ला शाखाका सभापति कृष्णराज शाक्यले नेपाल पत्रकार महासंघ जिल्ला शाखा संखुवासभा मार्फत जिल्लाका दुर्गम क्षेत्रबाट सदरमुकाममा बसेर संचारकर्ममा खटिरहेका जिल्लाका १० संचारकर्मीलाई सहयोग उपलब्ध गराईएको जानकारी दिनुभयो ।
महासंघका अध्यक्ष ईन्द्र गिरीलाई सहयोग हस्तान्तर गर्दै कोरोना संत्रासका कारण सरकारले घोषणा गरेको लकडाउनबाट दैनीक गुजाराको समस्यामा रहेका क्रियाशिल पत्रकारहरुलाई सानै भए पनि सहयोग स्वरुप राहत उपलब्ध गराईएको वहाँको भनाई थियो । राहत सामग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दे पत्रकार महासंघका सभापति ईन्द्रकुमार गिरीले लामो समयको लकडाउनका कारण संचारकर्मीहरु समेत समस्यामा रहेको बेला सहयोग उपलब्ध गराएकोमा नेपाल प्रेश युनियन जिल्ला शाखा संखुवासभालाई धन्यबाद प्रकट गर्नूभएको थियो ।
वहाँले प्रेश युनियन मार्फत उपलब्ध गराईएको सहयोग सामग्री समस्यामा रहेका जिल्लाका १० संचारकर्मीलाई प्रतिब्यक्ती १ बोराका दरले उपलब्ध गराईने जानकारी दिनुभयो । खाद्यान्न सहयोग कार्यक्रममा नेपाल पत्रकार महासंघका पदाधीकारी, नेपाल प्रेश युनियन शाखा संखुवासभाका केन्द्रीय पार्शद दिपेन्द्र शाक्य, प्रदेश पार्षद सुजन बज्राचार्य लगायतको उपस्थीति रहेको थियो ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्