पिसिआर नेगेटिभ आएपछि संखुवासभामा क्वारेन्टाइनका ४ जनालाई घर पठाइयो

संखुवासभाको सदरमुकाम खाँदबारी नगरपालिकाको क्वारेन्टाइनमा बसेका ४ जनालाई घर पठाइएको छ । उनीहरुलाई बरुण बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो।
१४ दिन पूरा भएपछि र्यापिड डाइनोस्टिक टेस्ट रिपोर्ट नेगेटिभ आएकाले घर पठाइएको खाँदबारी नगरप्रमुख मुरारी प्रसाद खतिवडाले जानकारी दिनुभयो । लकडाउन छिचोल्दै उनीहरु सिन्धुपालचोकबाट लुकिछिपी आएका थिए । क्वारेन्टाइनमा राखिएकालाई नगरप्रमुखले खादा लगाएर बिदाइ गर्नुभएको छ । घर पठाइएका एक महिला र तीन पुरुष छन् । उनीहरुलाई १२ गतेबाट बरुण क्याम्पसको क्वारेन्टाइनमा बसेका थिए ।
संखुवासभामा हालसम्म ९५ जनालाई क्वारेन्टाइनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाह्रकोटीले बताउनुभयो ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्