सचिवालय बैठक चल्दाचल्दै किन वाहिरिए ओली

काठमाडौँ, २४ बैशाख । नेकपा सचिवालय बैठक चल्दाचल्दै प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली एक्कासी बाहिरिएका छन्।
बैठकमा एक व्यक्ति एक पदका विषयमा विवाद भएपछि प्रधानमन्त्री ओली बैठकबाट बाहिरिएको बताइएको छ।
बिहीबार बस्ने स्थायी कमिटी बैठकका एजेन्डा तय गर्न सचिवालयको बैठक प्रधानमन्त्री निवास वालुवाटारमा बसेको हो।
‘सचिवालय बैठक चलिरहेकै समयमा प्रधानमन्त्री बीचमै उठेर हिड्नुभएको छ, उहाँ उठेर हिँडे पनि बैठक भने जारी छ, अन्य नेताहरु भित्रै हुनुहुन्छ’ सचिवालय स्रोतले भन्यो।
गत शनिबार बसेको सचिवालय बैठकले पार्टीभित्र देखिएको विवाद समाधानका लागि एक व्यक्ति एक जिम्मेवारीमा सहमति गरेको थियो।
उक्त बैठकमा एक व्यक्ति एक मुख्य जिम्मेवारीमा सहमत भई कमजोरीप्रति आत्मालोचनासमेत गरेका प्रधानमन्त्री ओलीले त्यसपछि भने सो सहमतिको विपक्षमा देखिँदै आएका थिए।
भोलि स्थायी कमिटी बैठक वोलाइएको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज, विशेष, समाचार
ट्याग : #सचिवालय बैठक
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्