नेपाल पत्रकार महासङ्घ काठमाडौँलाई कामपा १४ का वडाध्यक्ष सापकोटाद्धारा राहात सहयोग
नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखालाई काठमाडौँ महानगरपालिका–१४ का वडाध्यक्ष शोभा सापकोटाले आज पाँच क्विन्टल चामललगायत खाद्यान्नका साथै स्वास्थ्य सामग्री प्रदान गर्नुभएको छ ।
वडाध्यक्ष सापकोटाले केही व्यावसायिक सङ्घसंस्थासँग समन्वय गरी ती सामग्री शाखाका अध्यक्ष सन्तराम विंडारीलाई प्रदान गर्नुभएको हो ।
यहाँ आज आयोजित कार्यक्रममा वडाध्यक्ष सापकोटाले पुराना र अग्रज पत्रकार रहेको उक्त शाखालाई भवन निर्माणका लागि आफ्नो वडामा जग्गा व्यवस्थापनका साथै अन्य सहयोग गर्न आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
शाखाका अध्यक्ष विंडारीले भवन निर्माणका लागि वडाले गर्न लागेको सहयोगको सराहना गर्दै कोभिड–१९ को सङ्क्रमण न्यूनीकरण गर्न सरकारले जारी गरेको लकडाउनमा अग्रस्थानमा क्रियाशील सञ्चारकर्मीको चुल्हो निभ्न नदिने शाखाको अभियान रहेको बताउनुभयो । अभाव, दबाब र प्रभाव बिनाको पत्रकारिताको खाँचो औँल्याउँदै उहाँले खाद्य सामग्री सङ्कलन गरी आफ्ना सदस्यलाई वितरण गरेको जानकारी दिनुभयो ।
शाखाले ५० पत्रकारलाई आज राहत वितरण गरेको छ । शाखाले लकडाउनको समयमा जीविकोपार्जन गर्न कठिन भएका आफ्ना सदस्य पत्रकारलाई चामल, दाल, मस्यौरालगायत खाद्य सामग्री प्रदान गरेको हो ।

यसअघि शाखाले एकसय पत्रकारलाई राहत दिएको थियो । यसैबीच कालीमाटीस्थित ज्ञानतीर्थ संरक्षण समाजले आर्थिक अवस्था कमजोर भएका करीब २०० विपन्न मानिसलाई आज भोजन उपलब्ध गराएको छ ।
उक्त कार्यक्रममा वडाध्यक्ष सापकोटाले हुने मानिसले नहुनेलाई राहत तथा भोजन दान गरेर पुण्य कार्य गरेकामा खुशी व्यक्त गर्नुभयो ।
समाजका अध्यक्ष विनोद डङ्गोलले विभिन्न दाताको सहयोगमा राहत सङ्कलन गरी मानवीयताका आधारमा दुःख पाएका मानिसलाई वितरण गरेको जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #पत्रकार महासङ्घ काठमाडौँ शाखा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्