नेपालमा रहेको कोभिड १९ को जीन कुन प्रकार
शरद शर्मा
काठमाडौँ, २३ वैशाख (रासस) ः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरस (कोभिड १९)को अणुवांशिक (जीन)को अध्ययन गर्ने भएको छ ।
यससम्बन्धमा मन्त्रालयको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आज जीनसंग सम्बन्धित विभिन्न वैज्ञानिकहरुसंग छलफल समेत गरेको छ । कोभिड १९ का विभिन्न जीन रहेकोले अध्ययनबाट नेपालमा रहेको कुन जीन हो भन्ने पत्ता लगाइने छ ।
नेपाल स्वास्थ्य व्यवसायी परिषद्का रजिष्टार पुष्पराज खनालले नेपालमा आएको जीन कस्तो प्रकारको रहेको भनेर अध्ययन गरिन थालिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार कोभिड १९ को कारण अरु देशमा मानिसको ज्यान गइरहेको अवस्थामा नेपालमा भने संक्रमितको अवस्थामा सामान्य रहेकोले जीनको अनुसन्धान गर्न थालिएको हो । उक्त अध्ययनका लागि नेपालमा रहेका भाइरोजीमा काम गरिरहेका जीनविज्ञ, संस्था र विदेशमा रहेका वैज्ञानिकसंग छलफल गरेको छ ।
“ यहा कोभिड १९ को लक्षण विना नै संक्रमण देखिएको छ । कुन चाहि जीनले मानिसहरुमा संक्रमण भइरहेका छन ” उहाँले भन्नुभयो, “त्यसैले भाइसरको कुन चाहि जीन नेपालमा बढी रहेको छ । त्यसको अध्ययन गर्न थालेका हौ ।”
परिषद्ले संक्रमितहरुकै स्बाव र रगतबाट जीनको प्रकार पत्ता लगाउने हो । अध्ययनबाट नेपालमा अमेरिका, चीन, भारत र अन्य देशमा रहेको जीन छ वा छैन भनेर पनि पत्ता लगाइने कोभिड १९ सम्बन्धि प्रयोगशाला सल्लाहाकार समितिका सदस्य समेत रहनु भएको खनालले जानकारी दिनुभयो ।
उहाँका अनुसार संक्रमित ८२ जनाको स्बाव संकलन गरि जीनको कुन प्रकारको रहेको भन्ने पत्ता लगाइने छ । उहाँले जीनको अध्ययन गरेर नेपालमा रहेको जीनको तहगत वर्गिकरण गरिने समेत बताउनुभयो ।
जीन पत्ता लगाएपछि कोभिड १९ को उपचारका लागि आवश्यक भ्याक्सिन र औषधी पत्ता लगाउन सकिने उहाँको भनाई रहेको छ ।
“इटाली, वुहान र अमेरिकामा संक्रमण देखिएका मानिस मरिरहेका छन् । तर यहाँ त मरेका छैनन,” उहाँले भन्नुभयो, “मानिसको मेडिकल लक्षण चिन्ह (क्लिनिकल साइन सिन्रटोम) छैन । मान्छे देख्दा सामान्य छ तर संक्रमण देखिएको छ । के रहेछ । यो जीनको कारणले हो ।”
मन्त्रालयले नेपालभित्रका वैज्ञानिकले नै ति जीनको वर्गिकरण गरिने छ । चीन, अमेरिका, भारत लगायत देशले पनि कोभिड १९ को जीनबारे अनुसन्धान शुरु गरिसकेका छन् ।
उहाँले संक्रमणले मानिसको रगतमा कुन कुन चिज उत्पन्न भएको छ त्यो पत्ता लगाउने बताउनुभयो ।
जीनको अध्ययनका लागि मन्त्रालयले काठमाडौ विश्वविद्यालय र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)मा रहेका जेनेटिक ल्यावमा अनुसन्धान गरिने छ ।
क्याटेगोरी : विशेष, समाचार
ट्याग : #कोभिड १९
धेरै पढिएका
- १टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- २तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
- ७काठमाडौंमा भूकम्पको धक्का, धेरैबेर हल्लायो
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्