संसदको महासचिवमा गौतमको नाम सिफारिस
काठमाडौ । संघीय संसदको महासचिवमा डा भारतराज गौतमको नाम सिफारिस भएको छ । सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सोमबार गौतमलाई महासचिवमा सिफारिस गरेका हुन् ।
गौतमलाई महासचिव नियुक्त गर्नका लागि सभामुख र अध्यक्षले राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ सिफारिस गरेको संघीय संसदका कार्यवाहक महासचिव गोपालनाथ योगीले जानकारी दिए । राष्ट्रपतिले संसदको महासचिव नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
‘संघीय संसदका महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ३ बमोजिम योग्यता पुगेका साविक लामाचौर ५, कास्की जिल्ला निवासी (हाल संघीय संसदको सचिवालय सचिव पदमा कार्यरत्) डा. गौतमलाई नेपालको संविधानको धारा १०६ बमोजिम प्रतिनिधि सभाको संघीय संसदको महासचिव पदमा नियुक्तीको लागि सिफारिस गर्दछौं,’ सभामुख सापकोटा र अध्यक्ष तिमिल्सिनाद्वारा राष्ट्रपति भण्डारीलाई गरिएको सिफारिस पत्रमा भनिएको छ।
गौतम संघीय संसद सचिवालय सचिवमा कार्यरत छन् । तत्कलीन महासचिव मनोहरप्रसाद भट्टराईले कार्यकाल पूरा गरेर निवृत्त भएपछि कार्यवाहकको रूपमा योगीले काम गरिरहेका थिए । संसदको यहि बैशाख २६ गते दिउसो चार बजे संसद वोलाउने तयारी गरिएको छ ।
क्याटेगोरी : विशेष, समाचार
ट्याग : #संघीय संसद
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्