Techie IT
सोमबार, साउन ६,२०८२

गोंगबुबाट नुवाकोटका शिवराम ढकाल सम्पर्कविहिन, खोजी गरिदिन परिवारको अपिल


बिदुर । नुवाकोट जिल्लाको तारकेश्वर गाउँपालिका–३ निवासी ४१ वर्षीय शिवराम ढकाल राजधानी काठमाडौँको गोंगबु क्षेत्रबाट दुई दिनदेखि सम्पर्कविहिन भएका छन् । शनिबार दिउँसो करिब २ बजेतिर गोंगबुमा अन्तिमपटक देखिएका ढकाल त्यसयता सम्पर्कविहिन रहेको परिवारजनले जानकारी दिएका छन् ।

 

हाल काठमाडौँको तारकेश्वर-८ शान्तिटोलमा बसोबास गर्दै आएका ढकाल माछापोखरी क्षेत्रमा लिक्योर (मदिरा) व्यवसाय सञ्चालन गर्दै आएका थिए । शालिन र सरल स्वभावका ढकाल अचानक बेपत्ता भएपछि परिवार, आफन्तजन तथा स्थानीयवासी चिन्तित भएका छन् ।

उनको खोजीका लागि परिवारले प्रहरीमा निवेदन दिइसकेको छ भने सामाजिक सञ्जालमार्फत समेत सहयोगको अपिल गरिएको छ । विशेष गरी वृद्ध आमाबुबा, साना छोराछोरी र श्रीमती पीडामा परेका छन्।

यदि उहाँलाई कसैले देख्नुभएको छ वा उहाँसम्बन्धी कुनै जानकारी प्राप्त भएको छ भने नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न वा ९८६४२५१०४३ नम्बरमा जानकारी गराउन परिवारले अनुरोध गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #खोजी गरिदिन परिवारको अपिल, #गोंगबुबाट नुवाकोटका शिवराम ढकाल सम्पर्कविहिन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Partly Cloudy
5:19 am7:00 pm +0545