टोखामा मध्यराति २५ जनाको समूहद्धारा नगरपालिकाको नयाँ पर्खालमा तोडफोड, ३८ मिटर पर्खाल र २४ बत्ती क्षतिग्रस्त

टोखा नगरपालिकाको बिनियोजित बजेटबाट दाहालगौडाबाट पश्चिमतर्फ तिलिङ्गाटार माध्यमिक विद्यालय ब्लक ‘बि’ को पूर्वतर्फ निर्माण गरिएको पार्कको पर्खाल अज्ञात समूहद्वारा गए राति करिब १:०० बजे भत्काइएको छ।
मात्र एक महिनाअघि निर्माण सम्पन्न भएको उक्त पर्खालको लम्बाइ ३८ मिटर रहेको छ भने पर्खालमा जडान गरिएका २४ वटा बत्तीहरू समेत तोडफोड गरी क्षति पुर्याइएको छ।
प्रत्यक्षदर्शीहरूका अनुसार करिब २५ जनाको समूह हतियारसहित योजनाबद्ध रूपमा आएको थियो र उनीहरूले पर्खालमा तोडफोड गरेका थिए।
घटना पश्चात् स्थानीय बासिन्दाहरू ती समूहप्रति तीव्र आक्रोशित भएका छन् र छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन्।
घटनास्थलमा नगर प्रमुख प्रकाश अधिकारी, वडा अध्यक्ष नरोतम राणा, जनप्रतिनिधि गोपी पाठक, सुरक्षा निकाय र स्थानीय बासिन्दाको टोलीले पुगेर घटनाको स्थलगत अवलोकन तथा अध्ययन गरेका छन्।
अराजक समूहद्वारा गरिएको तोडफोडप्रति टोखा नगरपालिकाले विज्ञप्ती मार्फत घोर भत्सर्ना गर्दै दोषीहरूलाई छिटो पहिचान गरी कारबाही गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ।
प्रहरीले घटनाको अनुसन्धान सुरु गरिसकेको छ भने दोषी पहिचान गरी कानुनी कारबाही गरिने जनाएको छ।
क्याटेगोरी :
समाचार
ट्याग : #३८ मिटर पर्खाल र २४ बत्ती क्षतिग्रस्त, #breaking, #टोखामा मध्यराति २५ जनाको समूहले नगरपालिकाको नयाँ पर्खालमा तोडफोड
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्