विद्यार्थीको रोजाइमा गोंगबुको BST कलेज

काठमाडौं, गोंगबु । काठमाडौंको गोंगबुस्थित विष्णुमती आवासीय माध्यमिक विद्यालय (BST College) विद्यार्थीहरूको पहिलो रोजाइमा पर्न सफल प्रतिष्ठित शैक्षिक संस्था बन्न पुगेको छ। वि.सं. २०६० सालदेखि शैक्षिक क्षेत्रमा निरन्तर सेवा दिँदै आएको BST कलेजले देश तथा विदेशका विभिन्न क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गरी गौरवपूर्ण इतिहास कायम राखेको छ।
टोखा नगरपालिका-९, नयाँ बसपार्कको मूल प्रवेशद्वार नजिकै मनमैजु जाने विष्णुमती करिडोरसँग जोडिएको यो कलेज रिंगरोडबाट जम्मा १५० मिटरको दूरीमा अवस्थित छ, जसले गर्दा काठमाडौं उपत्यकाका जुनसुकै स्थानबाट पनि एकै यात्रामा यहाँ सहज पहुँच सम्भव भएको क्याम्पसका प्राचार्य देवेन्द्रप्रसाद हडखलेले जानकारी दिनुभयो।
विषयगत दक्षतामा आधारित नेतृत्व
सामान्यतः अधिकांश शैक्षिक संस्थाहरू व्यवसायिक लाभमा केन्द्रित हुने प्रवृत्ति पाइन्छ, तर BST कलेज विशुद्ध विषयगत दक्ष शिक्षकहरूद्वारा सञ्चालित सेवा–मुखी शिक्षालय हो। कक्षा ११ र १२ का विज्ञान, व्यवस्थापन र मानविकी संकायका प्रमुख विषयहरू Mathematics, Physics, Chemistry, Accountancy, Economics, English आदि विषयमा विषयगत प्राध्यापकहरूकै नेतृत्वमा कक्षा संचालन हुने क्याम्पसका सह-प्राचार्य चक्रप्रसाद कोइरालाले जानकारी दिनुभयो।
शिक्षकहरूको नेतृत्वमा संचालन हुने यो कलेजले शिक्षालाई सेवाभावमा केन्द्रित राखेर समर्पितरूपमा शिक्षण–अध्ययन अघि बढाइरहेको छ।
अत्याधुनिक भौतिक पूर्वाधार
BST कलेजमा आधुनिक र सुरक्षित शैक्षिक पूर्वाधार निर्माणमा विशेष ध्यान दिइएको छ। भूकम्प प्रतिरोधी भवन, सुसज्जित कक्षा कोठाहरू, Physics, Chemistry, Botany, Zoology प्रयोगशालाहरू, आधुनिक कम्प्युटर ल्याब, २५० सीट क्षमताको अन्तराष्ट्रिय स्तरको अडिटोरियम हल, पुस्तकालय, स्मार्ट बोर्ड र प्रोजेक्टर, बास्केटबल कोर्ट, मिनरल वाटरको व्यवस्था तथा सफा शौचालय लगायतका पूर्वाधारहरू यस कलेजको विशेषता हुन्।
कलेजका प्रबन्ध निर्देशक डा. कृष्णकान्त पराजुलीका अनुसार शैक्षिक गतिविधि मात्र होइन, विद्यार्थीहरूको संपूर्ण विकासमा आवश्यक पर्ने संरचना निर्माणमा पनि BST ले विशेष ध्यान दिएको छ।
गुणस्तरीय शैक्षिक गतिविधिहरू
BST कलेजले कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूलाई समसामयिक र व्यवहारिक शिक्षा प्रदान गर्न विशेष शैक्षिक गतिविधिहरू सञ्चालन गर्दै आएको छ। विज्ञान संकायमा Mathematics, Physics, Chemistry, Biology/Computer Science र व्यवस्थापन तथा मानविकी संकायमा Accountancy, Economics, Hotel Management, Tourism & Mountaineering, Business Studies, Population Studies, Mass Communication लगायतका विषयहरू प्रभावकारी रूपमा पढाइन्छन्।
Hotel Management, Tourism & Mountaineering जस्ता विषयहरू व्यवहारिक शिक्षामा आधारित छन्, जसमा विद्यार्थीहरूलाई सम्बन्धित क्षेत्रमा लगेर तालिम प्रदान गरिन्छ। Biology का विद्यार्थीहरूका लागि अनिवार्य Botanical Tour तथा सबै संकायका विद्यार्थीहरूका लागि परियोजना कार्य र अनुसन्धान कार्य (Project & Research Work) अनिवार्य गरिएको क्याम्पसका प्राचार्य हडखलेले बताए।
विद्यार्थी केन्द्रित शिक्षण विधिको प्रयोग, MBBS, Engineering, Paramedical, CA, Public Service Commission तयारीका लागि अतिरिक्त विशेष कक्षाहरू, योग अभ्यास, शिक्षकहरूका लागि वार्षिक Refresher Training, शैक्षिक भ्रमण र त्रिकोणात्मक अभिभावक–विद्यार्थी–शिक्षक अन्तरक्रियाले BST लाई अझ प्रभावकारी बनाएको प्रबन्ध निर्देशक डा. पराजुलीले जानकारी दिनुभयो।
मनोवैज्ञानिक तथा मनोसामाजिक परामर्श
१६–१७ वर्ष उमेर समूहका विद्यार्थीहरू किशोरावस्थाबाट युवावस्थामा प्रवेश गर्ने संक्रमणकालको संवेदनशील समयमा रहेका हुन्छन्। उनीहरूलाई सन्तुलित जीवनशैली, आत्म–पहिचान, सामाजिक उत्तरदायित्वको भावना र सही मार्गदर्शन आवश्यक पर्छ। यसलाई ध्यानमा राख्दै BST कलेजले मनोवैज्ञानिक तथा मनोसामाजिक परामर्श कार्यक्रम संचालन गर्दै आएको छ।
विद्यार्थीको बलियो र कमजोर पक्ष पहिचान गरी दिगो भविष्य निर्माणतर्फ अग्रसर गराउने उद्देश्यले यो कार्यक्रम निरन्तर चलाइएको क्याम्पसका सह-प्राचार्य कोइरालाले बताए।
अतिरिक्त क्रियाकलापमा पनि अग्रणी
BST कलेजले केवल किताबी ज्ञानमा मात्र सीमित नरही विद्यार्थीहरूको समग्र विकासमा जोड दिएको छ। वार्षिक क्यालेन्डरअनुसार विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन हुने गरेका छन्। खेलकुदतर्फ बास्केटबल, फुटसल, टेबलटेनिस, ब्याडमिन्टन, क्यारमबोर्ड लगायत खेलहरू सञ्चालनमा छन्।
यस्तै वादविवाद, कविता, वक्तृत्वकला, नृत्य, मेहन्दी, टिकटकजस्ता प्रतियोगिताबाट नेतृत्व र प्रतिभा विकासमा सहयोग पुगेको कलेजको भनाइ छ।
विद्यार्थीलाई व्यवहारिक, नैतिक, मानसिक र शारीरिकरूपमा सबल बनाउने उद्देश्यले विद्यालयले विविध विधामा उत्कृष्टता प्रदर्शन गर्दै आएको छ। क्याम्पसका प्रबन्ध निर्देशक डा. कृष्णकान्त पराजुलीका अनुसार विद्यार्थीलाई प्रतिस्पर्धी बनाउने लक्ष्यसहित BST कलेजले शैक्षिक सेवामा कुनै सम्झौता गरेको छैन।
निष्कर्ष
गोंगबुको मुटुमा अवस्थित BST कलेजले गुणस्तरीय शिक्षा, आधुनिक पूर्वाधार, विषयगत दक्ष शिक्षक, व्यवहारिक शैक्षिक गतिविधि, जीवनोपयोगी परामर्श सेवा र विविध अतिरिक्त कार्यक्रममार्फत शैक्षिक क्षेत्रमा फरक पहिचान बनाउँदै आएको छ।
सैद्धान्तिक शिक्षा मात्र नभई समग्र व्यक्तित्व विकासलाई आधार मानेर BST कलेजले आफ्नो सेवा भावका साथ देशका हजारौं विद्यार्थीहरूलाई जीवन परिवर्तनको मार्गदर्शन दिँदै आएको छ। यही प्रतिबद्धता र समर्पणका कारण BST कलेज विद्यार्थीको पहिलो रोजाइमा पर्न सफल भएको हो।
देवेन्द्र प्रसाद हडखले (प्राचार्य) : ९८५११८३४०९
चक्रप्रसाद कोइराला (सहप्राचार्य) : ९८४१४०८६११
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #विद्यार्थीको रोजाइमा गोंगबुको BST कलेज
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्