Techie IT
बुधबार, साउन १,२०८२

टोखामा वाल भत्किँदा झोर हुँदै नुवाकोट जाने बाटो अवरुद्ध, यो वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह


काठमाडौं, असार ३२ । गएराति करिब ११:३० बजे टोखा नगरपालिका–२ स्थित थलाग टोलमा रहेको वाल भत्किँदा झोर हुँदै नुवाकोटतर्फ जाने आन्तरिक मार्ग अवरुद्ध भएको छ।

 

टोखा वडा नं. २ का अध्यक्ष धर्मेन्द्र श्रेष्ठका अनुसार सडक अवरुद्ध भएकाले केही दिनसम्म सो मार्ग प्रयोग गर्न नसकिने भएकाले यात्रुहरुलाई वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरिएको छ।

वडा कार्यालयका अनुसार, अवरुद्ध भएको सडकको विकल्पमा बालाजु–नेपालटार–साङ्ला–झोर मार्ग र टोखा गेटको बाहिरी मुख्य सडक प्रयोग गर्न सकिनेछ।

हाल सम्बन्धित निकायबाट बाटो खुलाउने प्रयास भइरहेको छ। स्थानीयहरुलाई सावधानीपूर्वक आवतजावत गर्न पनि वडा अध्यक्ष श्रेष्ठले सुझाव दिएका छन्।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #टोखामा वाल भत्किँदा झोर हुँदै नुवाकोट जाने बाटो अवरुद्ध, #यो वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Mostly Cloudy
5:17 am7:02 pm +0545