Techie IT
बुधबार, साउन १,२०८२

अब धरहरा बेलुकी ८ बजेसम्म खुल्ने, सार्वजनिक बिदामा पनि चढ्न पाइने


काठमाडौं । काठमाडौंस्थित धरहरा अबदेखि बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सञ्चालन हुने भएको छ । साउन १ गतेबाट धरहरा खुल्ने समयावधि थप हुने सहरी विकास मन्त्रालयका प्रवक्ता नारायण मैनालीले जानकारी दिए ।

उनका अनुसार, अब सार्वजनिक बिदाको दिन पनि अब धरहरा चढ्न पाइनेछ । “अब बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म दुई सिफ्टमा धरहरा सञ्चालन गर्दै छौँ । धरहरा घुम्न चाहनेहरूका लागि सार्वजनिक बिदाको दिन पनि अब खुला रहनेछ,” मन्त्रालयका प्रवक्ता मैनालीले भने ।

धरहरा अहिले दैनिक बिहान १० देखि अपराह्न ४ बजेसम्ममात्र खुला रहने गरेको छ । अहिले सार्वजनिक बिदाको दिन धरहरा बन्द हुन्छ । शनिबार दिइने साप्ताहिक बिदाको सट्टा बुधबार धरहरा बन्द हुने गर्छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #अब धरहरा बेलुकी ८ बजेसम्म खुल्ने, #सार्वजनिक बिदामा पनि चढ्न पाइने


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mostly Cloudy
5:17 am7:02 pm +0545