‘घुमौँ मधेस, बुझौँ मधेस’ कार्यक्रम सम्पन्न

जीवनराज दाहाल : जनकपुरधाम, असार २५
“हामीले अन्तरक्रिया कार्यक्रम सक्यौँ, तर यो ठाउँको प्रचारप्रसार अभियान र पर्यटन क्षेत्रलाई व्यवस्थित गर्ने काम अझै बाँकी नै छ,” होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशका अध्यक्ष हिरा गौतमले कार्यक्रम समापन गर्दै भन्नुभयो ।
उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको सहकार्यमा महासंघले आयोजना गरेको ‘पर्यटन प्रचार-प्रसार तथा अन्तरक्रिया कार्यक्रम’यही असार २४ गते जनकपुरधाममा सम्पन्न भएको हो । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले कार्यक्रमको उद्घाटन गर्दै पर्यटनमार्फत प्रदेशको समृद्धि सम्भव भएको बताउनुभयो ।
“मधेशमा रहेका ऐतिहासिक स्थलहरूको प्रचारप्रसार गर्न सकिएमा लाखौँ पर्यटक यसतर्फ आकर्षित हुन सक्छन्,” उहाँले भन्नुभयो, “मिथिला र अयोध्याबीचको सांस्कृतिक सम्बन्धलाई ध्यानमा राख्दै अयोध्या आउने पर्यटकलाई जनकपुरधाम ल्याउने पहल आवश्यक छ ।”
जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले भिट्टामोड जस्ता क्षेत्रहरूमा पर्यटकसँग दुर्व्यवहार भइरहेकोप्रति चिन्ता व्यक्त गर्नुभयो । “हामी पर्यटन प्रवर्द्धनको कुरा गरिरहेका छौं, तर कतै पर्यटक कुटिन्छन् भने त्यो हाम्रो आतिथ्य संस्कृतिका लागि धक्का हो,” उहाँले भनुभयो, “दुर्व्यवहार गर्नेप्रति कडा कारबाही हुनुपर्छ ।”
कार्यक्रमकै अवसरमा होटल तथा पर्यटन व्यवसायी संघ, धनुषा जिल्लाको नयाँ नेतृत्व पनि चयन गरिएको छ । सर्वसम्मत निर्णयबाट रुपेश सिंह संघको अध्यक्षमा चयन हुनुभएको छ ।
मुख्यमन्त्री सिंहले बाहिरबाट आउने पाहुनालाई स्वागत सत्कारमा कहिल्यै कन्जुसी गर्न नहुने उल्लेख गर्दै मधेशको पर्यटन विकासको ढोका अब खुल्न थालेको संकेत दिनुभयो ।
उक्त कार्यक्रम धनुषाको जनकपुरस्थित वेलकम होटलमा सम्पन्न भएको थियो ।
क्याटेगोरी : bannernews, पर्यटन, ब्रेकिंग न्युज, समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्