टोखा नगर खेलकुद विकास समितिबाट पाँच संस्थालाई खेलकुद सामग्री वितरण

टोखा, काठमाडौं । टोखा नगरपालिका अन्तर्गत खेलकुद प्रवर्द्धनका लागि गठित टोखा नगर खेलकुद विकास समितिले पाँच खेल संस्था तथा क्लबहरूलाई खेलकुद सामग्री वितरण गरेको छ।
खेलकुद सामाग्री वितरण कार्यक्रम मंगलबार टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारी, उप–प्रमुख मुरारी तामाङ तथा टोखा नगर खेलकुद विकास समितिका संयोजक तथा वडा नं. ७ का अध्यक्ष नरोत्तम रानाको विशेष उपस्थितिमा सम्पन्न भयो।
खेलकुद सामग्री पाउने संस्थाहरू यस प्रकार छन्:
१. श्री भगवती क्लब
२. सितोरियो दोजाङ
३. गोर्खा खुकुरी मार्सल
४. बाल प्रेमी क्लब
५. किक बक्सिङ क्लब
कार्यक्रममा बोल्दै नगर प्रमुख प्रकाश अधिकारीले भने, “हाम्रो नगरका युवामा खेलकुदप्रतिको आकर्षण बढ्दो छ। हामीले खेलाडी उत्पादन गर्न र खेल संस्कृति प्रवर्द्धन गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएका छौं। सामग्री वितरणले खेल संस्था र खेलाडीहरूलाई थप प्रेरणा दिनेछ भन्ने विश्वास लिएका छौं।”
कार्यक्रममा उपस्थित अन्य अतिथिहरूले पनि खेलकुदको माध्यमबाट समुदायमा एकता, अनुशासन र नेतृत्व विकास हुने बताए।
टोखा नगरपालिकाले आगामी दिनमा थप खेल संरचना विकास तथा प्रतियोगिता आयोजना गर्ने तयारी गरिरहेको बताइएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #टोखा नगर खेलकुद विकास समितिबाट पाँच संस्थालाई खेलकुद सामग्री वितरण
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्