कामनपाको स्रोत अनुमान समिति बैठक आजै बोलाउने तयारी, गुरागाईं भन्छन्– म ‘ब्याक’ हुन्न

काठमाडौं । काठमाडौं महानगरपालिकाको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक आज बोलाउने तयारी गरिएको छ । बैठकका लागि सबै तयारी गरिसकेको महानगरका सहायक प्रवक्ता ध्रुव काफ्लेले जानकारी दिए ।
“आज बैठक बस्ने तयारी छ । हामीले कर्मचारीको तर्फबाट गर्नुपर्ने तयारी गरिसकेका छौँ । समितिको बैठक बसेपछि मात्रै कार्यपालिका बैठकको मिति तय हुन्छ,” उनले भने ।
महानगरको ३२ नम्बर वडाकी सदस्य हिरादेवी पोखरेलले बैठकको समय टुंगो नलागेको जानकारी दिइन् । “आजै बस्ने भन्ने छ । तर, कति बजे बस्ने भनेर टुंगो लागिसकेको छैन,” उनले भनिन् ।
स्रोत अनुमान समितिका सदस्य–सचिव प्रमुख प्रशासकीय अधिकृत हुने व्यवस्था छ । तर, महानगरका मेयर बालेन शाह प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई राखेर बैठकमा बस्न तयार छैनन् ।
बालेन गुरागाईंलाई बिदामा राख्ने र निमित्त तोकेर बजेट ल्याउने कसरतमा छन् । गुरागाईं भने आफू पछाडि हट्ने कुनै कारण नरहेको बताउँछन् ।
“मलाई बैठकबारे केही खबर आएको छैन । म ‘ब्याक’ हुने कुनै कारण छैन । म बिदामा बस्नका लागि त कारण चाहियो नि,” उनले भने ।
स्थानीय तहले असार १० सम्ममा बजेट पेस गर्नुपर्ने प्रावधान छ । तर, सात महिना लामो विवादका कारण काठमाडौं महानगरमा कार्यपालिका बैठक समेत बस्न सकेको छैन । बैठक नबस्दा महानगरको बजेट अन्योलमा छ ।
कार्यपालिका बैठक बोलाएपछि मात्रै नगरसभा हुन्छ । कार्यपालिका बैठकमा सदस्यसचिव प्रमुख प्रशासकीय अधिकृत हुने व्यवस्था छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कामनपाको स्रोत अनुमान समिति बैठक आजै बोलाउने तयारी, #गुरागाईं भन्छन्– म ‘ब्याक’ हुन्न
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्