Techie IT
आईतबार, असार २२,२०८२

पूर्वराष्ट्रपति भण्डारी र काठमाडौं मेयर बालेनबिच भेटवार्ता


काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबिच भेटवार्ता भएको छ ।

मेयर शाहले आज दिउँसो भण्डारीको निवास पुगेर भेट गरेका हुन् । बालेन निकट स्रोतका अनुसार उनीहरूबिच समसामयिक राजनीतिक तथा सामाजिक विषयमा छलफल भएको थियो ।

यद्यपि भेटमा उठेका विषयवस्तु सार्वजनिक गरिएको छैन । स्रोतका अनुसार भेट ‘शिष्टाचार तथा विचार आदानप्रदान’का लागि भएको हो ।

पूर्वराष्ट्रपति भण्डारीले केही दिनअघि मात्रै आफू नेकपा एमालेको राजनीतिमा सक्रिय हुने घोषणा गरेकी थिइन् । मेयर शाह भने स्वतन्त्र हैसियतमा काठमाडौं महानगरपालिकाको नेतृत्व गरिरहेका छन् ।

दुवै व्यक्तित्वको यो भेटलाई राजनीतिक सन्दर्भमा विशेष चासोका साथ हेरिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पूर्वराष्ट्रपति भण्डारी र काठमाडौं मेयर बालेनबिच भेटवार्ता


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mostly Cloudy
5:12 am7:04 pm +0545