ग्लोबल आइएमई समुन्नत योजना-२ म्युचुयल फण्डको बिक्री खुल्ला

काठमाडाैं । ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड आइतबारदेखि संघसंस्था तथा सर्वसाधारणका लागि सार्वजनिक निष्कासन तथा बिक्री खुल्ला भएको छ।
उक्त म्युचुयल फण्डको प्रति इकाई अंकित मूल्य १० रुपैयाँ दरको १२ करोड इकाई मध्य न्यूनतम बिक्री हुनुपर्ने ६ करोड वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई मध्य योजना व्यवस्थापक कम्पनी ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई १.५ प्रतिशत वा १८ लाख इकाई तथा कोष प्रवर्द्धक कम्पनी ग्लोबल आइएमई बैक लिमिटेडका लागि १३.५० प्रतिशत वा एक करोड ६२ लाख इकाई बीज पुँजीको रूपमा रहने जनाइएको छ।
बाँकी न्यूनतम १० करोड २० लाख इकाईका लागि विभिन्न संघ संस्था/सर्वसाधारणका लागि सार्वजनिक निष्कासन तथा बिक्री खुल्ला भएको हो।
यस योजनामा संघ संस्था तथा सर्वसाधारणले न्यूनतम एक सय इकाई र अधिकतम एक करोड २० लाख इकाईको आवेदन दिन सक्ने जनाइएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #ग्लोबल आइएमई समुन्नत योजना-२ म्युचुयल फण्डको बिक्री खुल्ला
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्