Techie IT
आईतबार, असार २२,२०८२

मनु कुमार चौधरीको कला प्रदर्शनी सुरु


काठमाडौं । बौद्धस्थीत तारागाउँ नेक्स्टमा कलाकार मनु कुमार चौधरीकोे थारु संस्कृतिहरुलाई मूख्य केन्द्रविन्दु रहेको कला प्रदर्शनी सुरु भएको छ । चौधरीका चित्रहरुले थारु समुदायका मानिसहरुको दैनिक जीवन, रितिरिवाज र सांस्कृतिलाई झल्काउँछन् । थारुहरुको प्राचिन वंशबाट चित्रण गर्दै– जसको यात्रा भारतको थार मरुभूमिदेखि नेपाल र एशियाभरि पैmलिएको छ– उनको कला पूर्खाको स्मृति र साम्प्रदायिक पहिचानसँग प्रतिध्वनित हुन्छ ।

ग्यालरीमा, चौधरीले जीवन्त कलाहरुको श्रृजना गरेका छन्ः। खुल्ला आकाशमुनि पूरानो  तरिकाले. कृषि गरिरहेको दृश्यहरु, थारु समुदायको महिलाहरुको शान्त र निर्णायक भूमिका, पुस्तादेखि पुस्तासम्म हस्तान्तरण हुँदै आएको लोपोन्मुख समारोहहरु र मानव र तिनीहरुको वातावरण विचको सहजीवन सम्बन्धि प्रत्येक कलाकृतिहरु केवल कला मात्र होइनन्, यो एक जीवन्त कथा हो, जसले थारुहरुको सम्पदा र भूमिसँगको अन्तर्सम्बन्धको विषयमा कुराहरुको उठान गर्दछ ।

मनुले हालै काठमाडौँ विश्वविद्यालयबाट कला र प्रिन्टमेकिङमा स्नातक डिग्री हासिल गरेका छन् । प्रिन्टको चमत्कार प्रति धेरै नै आकर्षित भएकाले उनी प्रिन्ट सम्बन्धि विभिन्न प्रयोगहरुको पनि अन्वेषण गरिरहेका हुन्छन्–वुडकट, एचिङ, एक्वाटिन्ट जस्ता माध्यहरुमा उनका कामहरु देख्न सकिन्छ । उनले सन् २०२१ मा नेपाल ललितकला प्रज्ञा प्रतिस्ठानबाट प्रादेशिक पुरस्कार समेत पाएका थिए । यो सम्मानले उनलाई अझ रचनात्मक र सिर्जनशील हुन मद्दत गरेको कुरा उनी बताउँछन् ।

तारागाउँ नेक्स्टमा बसाइको अवधिभरि मनुले रातो रंग तथा छायाँहरुले भरिएको एउटा मात्र रंग प्रयोग भएको प्रिन्टहरुको श्रृंखला तयार पारे । यी कृतिहरुले थारुहरुको परम्परा र उनको समुदायले सम्मान गर्ने देवताहरुलाई प्रतिविम्बित गरि बनाएको चित्रहरुलाई प्र्रर्दशनीमा राखेका छन् । उनका प्रत्येक कामहरुले उनको समुदायको केहि न केहि कथाहरु बताइरहेका छन् ।

उनका अरु चित्रहरुमा जीवन्त रातो रंगका घोडाहरुलाई समावेश गरिएको छ जुन थारु समुदायमा शक्ति, जीवन र गतिलाई प्रतिविम्बित गर्दछ । यसले थारु सांस्कृतिक अभिव्यक्तिहरुलाई केन्द्रविन्दुमा राखि उनले चित्रहरु बनाएको छन् ।

उनको अर्काे उत्कृष्ट कलाले एक समयमा सजाइएको ढुङ्गे धारालाई समेट्छ । ती धाराहरुले पहिले पहिले पानीको पूर्ति गर्ने गरेका थिए भने पछिल्लो समयमा यस्ता धाराहरु लोपोन्मुख हुँदै गएको सन्दर्भमा यस कलाले कलाकारको मौन अभिव्यक्ति दिइरहेको छ ।

मनुका अरु कृतिहरुमा थारु महिलाहरुको दैनिक जीवनलाई कोमलतापूर्वक चित्रण गरिएको छ जसमा श्रम, हाँसो, गीत र कथा कथनका कुराहरुलाई समावेश गरिएको छ । यी दृश्यहरु शक्तिशाली तवरले मौखिक रुपमा एक पुस्ताबाट अर्काे पुस्तामा हस्तान्तरण हुँदै आइरहेको पाउन सकिन्छ ।

प्रविधि र संस्कृतिको उत्कृष्ट मिश्रणले भरिएको मनुको कामहरुले उनको यो एकल तथा पहिलो कला प्रदर्शनिलाई अझ जिवन्त अभिलेखिकरण गरिएको कुरामा दुइमत छैन । उनले बनाएका प्रत्येक प्रिन्टहरु जीवन्त छन् जसले इतिहास, दैनिक जीवन र पहिचानका कुराहरुमा गहिरो छाप पार्नेछन् ।

तारागाउँ नेक्स्टले नयाँ नयाँ उदायमान कलाकारहरुलाई लामो समयदेखि यस्तै किसिमको आर्टिस्ट इन स्टुडियोमा राखेर प्रदर्शनी गर्ने गरेको छ । यसले गर्दा नयाँ कलाकारहरुलाई अझ थप उर्जा प्रदान गर्ने कुरा म्युजियमका डाइरेक्टर रोशन मिश्र बताउनुहुन्छ । यदि तपाइलाई पनि नेपाली कला अझ विशेषतः प्रिन्टमेकिङमा रुचि छ भने यो प्रदर्शनी तपाइको लागि छुटाउनै नहुने प्रदर्शनी हुन सक्तछ । प्रदर्शनी असार २८ गते सम्म चल्नेछ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mostly Cloudy
5:12 am7:04 pm +0545