Techie IT
आईतबार, असार २२,२०८२

ज्वाइँले गरे सासू-ससुरा, पत्नी र सालाेकाे हत्या


काठमाडौं, २२ असार । भोजपुरको रामप्रसादराई गाँउपालिका–२ को धोर्लेखानीमा गएराति चार जनाको हत्या भएको छ ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार ६८ वर्षीय बेलबहादुर गिरी, उनकी श्रीमती ४५ वर्षीया मञ्जु, छोरी मनिषा र छोरा सपन गिरीको हत्या भएको हो ।

ज्वाइँ राजेन्द्र राईले ससुरा बेलबहादुर, सासू मञ्जु, श्रीमती मनिषा र सालो सपनको हत्या गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

यसैबीच, राईले घरायसी झगडाका क्रममा गएराति ससुरालीका सदस्यहरूले प्रहार गरेपछि आफूले प्रतिकार गर्दा घटना भएको प्रारम्भिक बयान दिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दीपक श्रेष्ठले जानकारी दिएका छन् ।

राईको पेट लगायत भागमा धारिलो हतियारको चोट लागको प्रहरीले जनाएको छ । उनको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको बताइएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #ज्वाइँले गरे सासू-ससुरा, #पत्नी र सालाेकाे हत्या


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Mostly Cloudy
5:12 am7:04 pm +0545