तेस्रो पि.एफ.सि खुल्ला फुटसल प्रतियोगिताको तयारी पुरा

प्रदिप ढकाल, भक्तपुर
असार १९ , बिहिवार
पाण्डुबजार फ्रेंडशिप क्लब (पि.एफ.सि)को आयोजनामा “तेस्रो पि.एफ.सि खुल्ला फुटसल प्रतियोगिता” को तयारी पुरा भएको छ।
प्रतियोगितामा जम्मा २४ टोलीको सहभागिता रहने भएको छ। प्रतियोगिताको विजेता टोलीले नगद रु. ५०,००० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले रु. २५,००० पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। साथै, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट उदीयमान खेलाडि र अनुशासित टोलीलाई पनि पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएका छन्।
प्रतियोगिताको पहिलो खेल एक्स वाई जेड एफ सी र टोखा स्पोर्टिङ क्लब बीच असार २१ गते बिहान ७:०० बजे हुने भएको छ।प्रतियोगिताको सम्पूर्ण खेल पाण्डुबजार स्थीत ख्वप फुटसल एन्ड ट्रेनिङ सेन्टरमा हुनेछ। आयोजक पि.एफ.सि क्लबले तेस्रो पि.एफ.सि कपलाई सव्य, भव्य तथा सफल बनाउने लक्ष्यसहित प्रतियोगिताको तयारी तीव्र रुपमा अघि बढाएको कार्यक्रम संयोजक बिनोद मानन्धरले बताए।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्