Techie IT
बिहीबार, असार १९,२०८२

न्युरोडमा नगरप्रहरीले गर्‍यो ‘ह्विललक’, व्यवसायीले गरे ‘सटर डाउन’


काठमाडौं । काठमाडौंको न्युरोडस्थित ताम्राकार कम्प्लेक्स क्षेत्रका सडकमा पार्किङ गरिएका मोटरसाइकलमा महानगर प्रहरीले ‘ह्विललक’ गरेपछि व्यवसायीले ‘सटर डाउन’ गरेको छन् ।

सडक किनारमा पार्किङ गर्न पाउनुपर्ने मागसहित व्यवसायीले ‘सटर डाउन’ गरेका हुन् ।

महानगरका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले सडकको कालोपत्रे क्षेत्रमा पार्किङ गर्न नपाइने बताए । उनले महानगरको नीतिअनुसार मोटरसाइकलमा ह्विललक गरेपछि केहीबेर विवाद उत्पन्न जानकारी दिए ।

“सडकमा पार्किङ गर्नेलाई ठाउँको ठाउँ कारबाही गरिरहेका छौँ । न्युरोडका व्यवसायीले सडकमा पार्किङ गर्न पाउनुपर्छ भन्ने माग हो । १–२ मिनेट त पार्किङ गर्न दिइरहेका छौँ । १५–२० मिनेटसम्म सडकमै पार्किङ गर्नेलाई कारबाही गरेका हौँ,” पाण्डेले भने ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #न्युरोडमा नगरप्रहरीले गर्‍यो ‘ह्विललक’, #व्यवसायीले गरे ‘सटर डाउन’


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Drizzle
5:11 am7:04 pm +0545