काठमाडौँ तारकेश्वरमा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु, चालक पक्राउ

काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिकामा मोटरसाइकलको ठक्करबाट एक जना वृद्धको मृत्यु भएको छ । बुधबार साँझ ८ः२० बजे भएको उक्त दुर्घटनामा परी तारकेश्वर नगरपालिका–८, भेटघाट चोकका ७१ वर्षीय कुलबहादुर आचार्यको ज्यान गएको हो ।
प्रहरी वृत्त, बालाजुका अनुसार बुधबार साँझ करिब ८:२० बजे तारकेश्वर नगरपालिका-८, शिव मन्दिरस्थित सडक खण्डमा बा ७४ प ४००५ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेका आचार्यलाई ठक्कर दिएको थियो । तारकेश्वर-३, पाँचमानेका २२ वर्षीय नवीन घिमिरेले चलाएको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका आचार्यलाई तत्काल उपचारका लागि तारकेश्वर सिटी अस्पताल लगिएको थियो ।
त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि राति ९:३० बजे टोखास्थित ग्राण्डी अस्पतालमा लगिएको थियो । उपचारकै क्रममा राति ११:२० बजे चिकित्सकले आचार्यलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार चालक नवीन घिमिरे र मोटरसाइकललाई नियन्त्रणमा लिइएको छ । चालक घिमिरे हाल प्रहरी वृत्त, बालाजुको हिरासतमा छन् भने मोटरसाइकल नेपालटार ट्राफिक प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाडौँ तारकेश्वरमा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु, #चालक पक्राउ
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्