Techie IT
बुधबार, असार १८,२०८२

कुनै आवरणमा राप्रपामा बसेर भविष्यमा कमाउँछु भन्ने उद्देश्य राखेको भए आजै छाडे हुन्छ: राजेन्द्र लिङदेन


काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले पार्टी अब नेपालको नम्बर एक भ्रष्टाचारविरोधी पार्टी हुने बताएका छन् । काठमाडौं आयोजित एक कार्यक्रममा बोल्दै उनले राप्रपामा आएर भ्रष्टाचार गर्छु भनेर कसैले सोचेको छ भने त्यस्ता व्यक्तिलाई नआउन आग्रह गरे ।

उनले भने, ‘कोही भ्रष्टाचारीहरू भ्रष्टाचार गर्ने मनसायका साथ भविष्यमा कमाउने मौका पाइन्छ भनेर लागेको भए अहिले नै फर्के हुन्छ । कोही कुनै आवरणमा बसिरहेको छ भने बाटो लागे हुन्छ । यहाँ त्यस्तो उपाय हुँदैन ।’

अध्यक्ष लिङदेनले राप्रपा सुशासनको पक्षधर पार्टी बनिसकेको दाबी गरे । भ्रष्टाचार गर्ने जोसुकै भए पनि दण्डित हुनुपर्ने उनको भनाइ छ ।

उनले सबैभन्दा धेरै भ्रष्टाचार गर्ने नेताहरूले नै भएको दाबी गर्दै २०४६ पछि सार्वजनिक पदमा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने माग अघि सारे ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कुनै आवरणमा राप्रपामा बसेर भविष्यमा कमाउँछु भन्ने उद्देश्य राखेको भए आजै छाडे हुन्छ: राजेन्द्र लिङदेन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:11 am7:04 pm +0545