रुपन्देही–३ मा रास्वपा उम्मेदवार बन्ने सागर ढकालको आश, तर नेताहरु भन्छन्– बकवास !

काठमाडौं । डडेल्धुरामा कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध उम्मेदवारी दिएर चर्चामा आएका सागर ढकाल रुपन्देही–३ उपचुनाव लड्न जुर्मुराएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को समर्थन लिएर उम्मेदवारी दिने उनको ताक छ ।
बिबिसीको ‘साझा सवाल’ मा तत्कालीन प्रधानमन्त्री देउवाको हप्की खाएर भाइरल भएका ढकाल २०७९ सालको आम निर्वाचनमा उनै देउवाविरुद्ध चुनाव लड्न डडेल्धुरा पुगेका थिए । चुनाव जित्न नसके पनि उनले नसोचेको भोट ल्याए । देउवाले २५ हजार ५३४ भोट ल्याएर चुनाव जित्दा ढकाल १३ हजार ४२ मत ल्याएर दोस्रो भए, जुन धेरैका लागि अनपेक्षित थियो ।
अहिले भने उनी रुपन्देही ३ बाट उपचुनाव लड्ने प्रचार गर्दै हिँडिरहेका छन् । सकेसम्म रास्वपाको समर्थन लिएर उम्मेदवारी दिने र त्यो सफल नभए स्वतन्त्र भए पनि लड्ने उनका निकटस्थहरु बताउँछन् । आज उनले फेसबुकमा लेखेको स्टाटसले पनि त्यस्तै संकेत गर्छ ।
रुपन्देही ३– नेपालको इतिहास रच्न तयार हुनुहुन्छ रु शीर्षकमा उनले लेखेको स्टाटस यस्तो छः
चितवन २ मा रविको ५४,१७६ र काठमाडौँमा बालेनको ६१,७६७ मत । अब रुपन्देही ३ मा करिब ९०,००० मत छन्, त्यसमा तपाईं–हामीले ६२,००० मत पार गर्नुपर्छ र नेपालको इतिहास रच्नुपर्छ । कांग्रेस–एमाले माओवादी एउटै हुन्, यिनको राणा शासनको अन्त्य ०८४ मा गर्नको लागि सुरुवात यहाँबाट गर्नुपर्छ ।
जनतालाई झोले र पार्टीका कार्यकर्ता बाहेक केही नसोच्ने यो ३ पार्टीको घेरा बेजोडले तहस–नहस हुने गरी तोड्नु पर्छ । यो रुपन्देही–३ को एक तिरले ३ पार्टीहरूलाई ८४ सम्म उठ्नै नसक्ने गरी घायल बनाउनु पर्छ । यो चुनाव जनता भर्सेस राणा शासन हो । दुईतिहाइ सरकारलाई नारायणगढ–बुटवल सडक खण्डमा हामीमाथि गरेको अत्याचार पोख्ने बाटो हो ।
झोले अदालतलाई नेपाली अदालत बनाउने बाटो हो । कुलमानको बत्ती निभाउने राक्षसहरूको अन्त्य गरेर नेपाली जनताको अनुहारमा आशा र उज्यालो छर्ने दिन हो । जसरी गएको चुनावमा पुरै नया अनुहारहरु स्थापित गरिदिनु भयो, अब फेरि पालो आएको छ । रुपन्देही–३ का मेरो प्यारो जनता, यो हजुरको क्षेत्रको मात्र चुनाव होइन, देशको चुनाव हो र देशको पिडा, आँशु र आवाज बोल्न तयार भएर बस्नुहोला । नेपाली जनताले जित्ने मात्र होइन सफा चट् क्लिन स्विप गर्ने हो, सफा चट् ।’
यो स्टाटसमा उनले चुनाव लड्ने भनेर सिधै घोषणा नगरे पनि स्पष्ट संकेत भने दिएका छन् । स्टाटसबाट उनी रवि, बालेनदेखि कुलमानका समर्थकसम्मलाई रिझाउने प्रयासमा रहेको बुझ्न सकिन्छ । बुझिए अनुसार रास्वपाको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिने, र बालेन–कुलमानको नाम लिएर चुनाव जित्ने उनको रणनीति हो । तर, उनलाई रास्वपाले समर्थन गर्ने स्थिति अहिलेसम्म देखिएको छैन ।
रास्वपाको उच्च स्रोतले ढकाललाई रुपन्देही ३ मा लडाउने सम्भावना शून्य रहेको बतायो । स्रोत भन्छ, ‘उहाँ आफैंले त्यस्तो बकवास प्रचार गर्दै हिँड्नु भएको छ । तर रास्वपाले उहाँलाई उठाउने विषयमा कुनै छलफल भएको छैन ।’
उडन्ते गफ हानेर हिँड्ने ढकाललाई पार्टीले टिकट दिने मुर्खता पार्टीले नगर्ने एक पदाधिकारी बताउँछन् । ‘उहाँ कुनै राजनीतिक व्यक्ति नै होइन । उडन्ते गफ गरेर, ठूला दललाई गाली गरेर चर्चामा आउनुभएको मात्र हो । जहाँ चुनाव भयो, त्यहाँ लड्न जान्छु भन्ने अवसरवादी चरित्रलाई रास्वपाले प्रश्रय दिनु हुँदैन र दिँदैन पनि,’ ती पदाधिकारीले भने ।
पार्टीले चुनावमा उम्मेदवारको खोजी भने गरिररहेको छ । अघिल्लो चुनावमा यस क्षेत्रमा रास्वपाले समानुपातिकतर्फ दोस्रो सर्वाधिक मत ल्याएको थियो । त्यसैले यो पाली चुनाव जित्ने गरी होमिने पार्टीको तयारी छ । सभापति रवि लामिछाने स्वयम्ले पार्टी पंतिलाई यो चुनाव जितेरै देखाउनुपर्ने सन्देश पठाइरहेका छन् । यतिबेला उपनिर्वाचन जितेमा आफूमाथि ‘सरकारले साँधिरहेको राजनीतिक प्रतिसोध’ विरुद्ध जनता उभिएको पुष्टि हुने उनको विश्वास छ ।
पार्टीले सकेसम्म स्थानीय र लोकप्रिय व्यक्तिको खोजी पार्टीले गरिरहेको बुझिन्छ । तर, अहिलेसम्म कसैको नाम पनि चर्चामा ल्याइएको छैन । स्रोतका अनुसार सम्भावित उम्मेदवारी घोषणा ठूलै ‘सरप्राइज’ हुन सक्छ ।
रवि लामिछानेलाई जेल हालेपछि उनीप्रति जनसहानुभूति बढेको हुँदा पार्टीको भोट उल्लेख्य रुपमा बढ्न सक्ने अनुमान स्वतन्त्र विश्लेषकहरुले पनि गरिरहेका छन् । यदि सागर ढकालले स्वतन्त्र उम्मेदवारी दिएको खण्डमा रास्वपाको भोट उनले काट्नसक्ने एकथरिको बुझाइ छ । यद्यपि, रास्वपा नेताहरु भने यसलाई स्वीकार गर्दैनन् ।
२०७९ सालको निर्वाचनमा यस क्षेत्रबाट एमालेको समर्थन प्राप्त राप्रपा उम्मेदवार दिपक बोहरा विजयी भएका थिए । कांग्रेसका बालकृष्ण खाँड दोस्रो भए । समानुपातिकतर्फ कांगे्रसले सर्वाधिक २० हजार २७८ मत पाएको थियो भने एमाले १६ हजार ९८६ मतसहित दोस्रो भयो । रास्वपाले समानुपातिमा तेस्रो सर्वाधिक मत (१४ हजार १५४)ल्याएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #तर नेताहरु भन्छन्– बकवास !, #रुपन्देही–३ मा रास्वपा उम्मेदवार बन्ने सागर ढकालको आश
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्