Techie IT
सोमबार, चैत्र १०,२०८१

स्थानीय तहलाई सहयोग गर्दै बूढानीलकण्ठ सङ्कटासन्न समूहका स्वयंसेवी


कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहँदा बूढानीलकण्ठ नगरपालिका वडा नं १० को अगुवाइमा सञ्चालित सामूहिक भोजन पक्वान्नस्थल, वडा नं ७ र वडा नं ३ मा ‘उत्थानशील नगर प्रवद्र्धन र सहभागिता कार्यक्रम’ले साबुन, स्यानिटाइजर, पानीका लागि बाल्टिनलगायत आवश्यक सामग्री सहयोग गरको छ ।

सर्वदलीय संयन्त्र, स्वयंसेवी तथा स्थानीयवासीद्वारा स्वःस्फूर्तरुपमा सञ्चालित सो स्थलमा दैनिक एक हजार ८०० भन्दा बढीका लागि खाना तयार गरी नगर क्षेत्रमा रहेका विपन्न तथा दैनिक मजदुरी गरी जीवनयापन गर्नेलाई ११ स्थानबाट भोजन वितरण हुने व्यवस्था मिलाइएको जनाइएको छ ।

सो अवसरमा बूढानीलकण्ठ नगर प्रमुख उद्धवप्रसाद खरेल, उपप्रमुख रमादेवी राईले कोरोना भाइरसको जोखिम हुन नदिन नगरले विभिन्न सचेतनाका साथै जारी लकडाउनबाट समस्यामा परेकालाई राहत तथा भोजन वितरणको व्यवस्था जारी राखेको जानकारी दिनुभयो ।

उहाँहरुले भन्नुभयो, “कोरोनाविरुद्ध सामूहिक सहकार्य, सहयोग र समन्वय आवश्यक पर्छ । यसका लागि रेडक्रसलगायत सामाजिक सङ्घसंस्था तथा स्वयंसेवीको भूमिका अहम् हुन्छ ।” शुक्रबार आयोजित कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी काठमाडौँ जिल्ला शाखाका उपसभापति कमल नकर्मीले कोभिड–१९ को जोखिम हुन नदिन सोसाइटीले विभिन्न मानवीय सेवाका काम गरिरहेको बताउनुभयो ।

बेलायत अन्तर्राष्ट्रिय सहयोग नियोग (डिएफआइडी) को आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी र ब्रिटिस रेडक्रसद्वारा संयुक्तरुपमा सो कार्यक्रम सन् २०१६ को सेप्टेम्बरदेखि काठमाडौँ महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकासँगको सहकार्यमा ‘शहरी विपद् जोखिम न्यूनीकरण’को क्षेत्रमा केन्द्रित छ ।

कार्यक्रमका काठमाडाँै जिल्ला संयोजक शारदा खतिवडाका अनुसार कार्यक्रमले ती दुई स्थानीय तह र समुदायको विपद् उत्थानशील क्षमता अभिवृद्धि गर्नेे मुख्य ध्येय राखेको छ ।

कार्यक्रमअन्तर्गत बूढानीलकण्ठ नगरपालिकामा चारवटा लक्षित समूह एकल महिला, जनजाति, दलित र अपाङ्गता भएका व्यक्ति रहेका छन् भने काठमाडौँ महानगरपालिकामा भूमिहिनको दुईवटा, एकल महिला र जनजातिको समूह रहेका छन् । ती समुदायमा विपद् जोखिम व्यवस्थापनमा सचेतीकरण गर्दै नगरपालिकासँग बहस पैरवी गर्न सक्ने क्षमता अभिवृद्धि गर्ने गतिविधिका विभिन्न कार्यक्रम सञ्चालन भइरहेका उहाँले जानकारी दिनुभयो ।

पछिल्लो समय कोभिड–१९ रोकथाम र नियन्त्रण गर्न बूढानीलकण्ठ नगरपालिकाका वडा नं ३, ५, ७ र १३ ले जारी राखेका जनचेतनामूलक गतिविधि तथा राहत वितरणमा लक्षित सङ्कटासन्न समूहका सदस्यहरु स्वयंसेवीका रुपमा सहभागी भई सहयोग पु¥याइराखेका छन् ।

ती वडामा समूहका गङ्गालाल महर्जन, रिकिता तामाङ, सिर्जना श्रेष्ठ, अनुप महर्जन, शारदा मिश्र, प्रिसेल महर्जन, लक्ष्मण तामाङ, दिनेश नगरकोटी, सरोज श्रेष्ठलगायत स्वयंसेवीका रुपमा सक्रिय रहेका छन् ।

यसैगरी काठमाडौँ महानगरपालिका वडा नं ३, ७, ११, १६, १७, २६, २७, २८ लगायतमा कोरोना जोखिम हुन नदिन वडा कार्यालयद्वारा सञ्चालित कार्यक्रममा अम्बिका अर्याल, मनि लामा, रेश्मा खड्की, मिनु महर्जन, हिरा थापा, रचना थापा, प्रेमकुमारी राना, सावित्रा कुँवर, अञ्जना परियार, कोपिला थापा, गोमा शिवभक्ति, पुष्पा गौतम, रमिला बस्नेतलगायत सो समूहमा आबद्ध स्वयंसेवी सक्रिय रहेका छन् । संयोजक खतिवडाले भन्नुभयो, “यो नगर केन्द्रित बहुखतरा जोखिम न्यूनीकरण कार्यक्रम हो ।

बढ्दो शहरीकरण, जनघनत्व, अव्यवस्थित बसोबास, शहर केन्द्रित आर्थिक विपन्नताले गर्दा नगरपालिकामा विभिन्नखाले जोखिम र तिनले निम्त्याउने विपद् बढ्दो क्रममा रहेका छन् । यस्ता समस्या सम्बोधन गर्न सरकारको प्रयासमा बल पु¥याउन यो कार्यक्रम स्थानीय आवश्यकता, क्षमता र सङ्कटासन्नतालाई ध्यानमा राखी नेपाल सरकारका नीति, नियमलाई केन्द्रमा राखेर सञ्चालन भइरहेको छ ।” हालै  महानगरपालिका वडा नं २५ मासांग टोलमा दमकल छिर्न नसक्ने ठाउँमा आगलागी नियन्त्रण गर्न पाइप बिछ्याउने काम सम्पन्न भएको थियो ।

साँघुरो गल्लीमा बिछ्याइएको सो पाइपमार्फत आगलागी नियन्त्रणलाई कसरी समयमा नै प्रभावकारी नियन्त्रण गर्न सकिन्छ भन्ने उद्देश्यले कृत्रिम घटना अभ्यासमार्फत सफल परीक्षण गरिएको थियो । यसबाट वडावासी औधी खुशी रहेका बताइएको छ ।

महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीले सो कार्यको शुभारम्भ गर्नुभएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #बूढानीलकण्ठ सङ्कटासन्न समूह


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Fair
6:01 am6:18 pm +0545