अखिलको आग्रहमा टेलिकमले ल्यायो ई–शिक्षा प्याकेज

काठमाडौँ । नेपाल टेलिकमले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न सरकारले लकडाउन गरेको अवधिमा विद्यालय र विश्वविद्यालयको पठनपाठन अनलाईनमा सञ्चालन गर्न सहयोग पु¥याउने उद्देश्यले ई–शिक्षा प्याकेज कार्यान्वयनमा ल्याएको छ ।
नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले आज जारी गरेको प्रेस विज्ञप्तिमा देशका विभिन्न विश्वविद्यालय तथा विद्यालयबाट प्राप्त अनुरोध तथा सरकारका शैक्षिक निकायसँगको परामर्शका आधारमा सम्बन्धित शैक्षिक संस्थाबाट सिफारिश गरिएका मोबाइल नम्बरलाई विद्यमान बजार मूल्यभन्दा निकै सस्तो दररेटमा डाटा सेवा उपलब्ध गराउन विशेष ई–शिक्षा प्याकेज ल्याइएको उल्लेख छ ।
अनेरास्ववियूका संयोजक ऐन महरले विद्यार्थीलाई अनलाइन पठनपाठन गर्नका लागि सस्तोमा प्याकेज घोषणा गर्न माग गरेपछि टेलिकमले यस्तो प्याकेज ल्याएको हो । महरको नेतृत्वको टोलीले केही दिन अघि टेलिकममा ककार्यकारी निर्देशक डिल्लीराम अधिकारी सक्षम विद्यार्थीलाई सर्वसुलभ प्याकेज घोषणा गर्न माग राख्दै डेलिकेशन गएको थियो ।
“विशेष ई–शिक्षा प्याकेजअन्तर्गत रु २६० मा छ जिबी र रु ५०० मा १५ जिबी डाटा २८ दिनभित्र उपयोग गर्न सकिने गरी उपलब्ध हुनेछ, रु २६० मा प्राप्त हुने कूल छ जिबीमध्ये तीन जिबी डाटा बिहान ५ः०० बजेदेखि बिहान १०ः०० बजेसम्म प्रत्येक दिन जम्मा पाँच घण्टा प्रयोगमा ल्याउन सकिने छ भने बाँकी तीन जिबी डाटा जुनसुकै समयमा प्रयोग गर्न सकिने छ”, विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी रु ५०० मा २८ दिनसम्म उपलब्ध हुने १५ जिबी डाटामध्ये छ जिबी डाटा बिहान ५ः०० बजेदेखि बिहान १०ः०० बजेसम्म प्रत्येक दिन जम्मा पाँच घण्टा मात्र प्रयोग गर्न सकिने र बाँकी नौ जिबी डाटा जुनसुकै समयमा प्रयोग गर्न सकिने छ । ई–शिक्षा प्याकेज नेपाल टेलिकमले प्रदान गर्ने सबै प्रकारका जीएसएम मोबाइल डाटा सेवा ९टुजी, थ्रिजी र फोरजी० मार्फत प्रयोग गर्न सकिने छ ।
बिहान ५ः०० बजेदेखि १०ः०० बजेसम्म प्रत्येक दिन पाँच घण्टासम्म प्रयोग गर्न सकिने डाटा सुविधालाई कम्पनीको प्रणालीबाटै व्यवस्थित गरिने टेलिकमले जनाएको छ ।
हालको विषम परिस्थिति र कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व समेतलाई दृष्टिगत गरी बजार मूल्यभन्दा निकै सस्तो मूल्यमा उपलब्ध गराइएका उपरोक्त सेवाहरु विश्वविद्यालय र विद्यालयको सिफारिसका आधारमा विद्यार्थी र शिक्षकलाई कम्पनीले उपलब्ध गराउने छ । कम्पनीले उपलब्ध गराएको इमेल ठेगानामा विश्वविद्यालय तथा विद्यालयहरुले प्याकेज प्रदान गर्नुपर्ने नम्बरको सूचीसहित सिफारिश पठाउनुपर्ने छ ।
सिफारिश प्राप्त भएका नम्बरलाई *1441# डायल गरी प्याकेज खरिद गर्नका लागि कम्पनीले एसएमएसमार्फत सूचित गर्नेछ । एसएमएस प्राप्त भएपछि तिनै नम्बरबाट *1441# डायल गरी उपलब्ध दुईमध्ये कुनै एक प्याकेज खरिद गर्न सकिने छ । कम्पनीले उपलब्ध गराएको डाटा प्याकेजबाट अनलाइन शिक्षा हासिल गर्न प्रयोग हुने विभिन्न एप्स तथा अन्य सफ्टवेयर प्रयोग गरी अनलाइन कक्षामा भाग लिन तथा शैक्षिक सामग्री डाउनलोड वा आदानप्रदान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
क्याटेगोरी : विशेष, समाचार
ट्याग : #ई–शिक्षा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्