टोखाको चण्डेश्वरीको पुरात्वतिक महत्वको दुईवटा शंख चोरी

न्यूज अफ टोखा, काठमाडौँ ।
टोखाको चण्डेश्वरी महादेवको नामले चिनिले मुस्खारेश्वर महादेवको पुरात्वतिक महत्वको दुईवटा शंख चोरी
न्यूज अफ टोखा, काठमाडौँ । टोखाको चण्डेश्वरी महादेवको नामले चिनिले मुस्खारेश्वर महादेवको पुरात्वतिक महत्वको दुईवटा शंख चोरी भएको छ ।
लिच्छविकालिन उक्त महादेवको मन्दिरमा लगाएको ताल्चा फोरी पुरात्वतिक शंखका साथै दानपेटिमा रहेको नगदसमेत गत मंगलबार राती चोरी भएको मन्दिरका पूजारी मंगल कर्माचार्यले बताएका छन् । चोरी भएको बहुमुल्य शंख कति वर्ष पुरानो हो भनेर यकिनका साथ मिति भन्न नसकिएपनि १ सयवर्षभन्दा पुरानो हुनसक्ने अडकल गरेका छन् ।

विश्वमा महामारीको रुपमा फैलिररहेको नबोल कोरोना भाइरस (कोभिड-१९) संक्रमण नियन्त्रण तथा रोकथामका लागि जारी लकडाउनको समयमा कसले चोरी गर्यो यकिनका साथ भन्न नसकिएता पनि उश्रृखल र लागु पदार्थको सेवन गर्ने समूहहरुको कार्य हुन सक्ने महानगरीय प्रहरी प्रभाग टोखाका प्रहरी नायव निरिक्षक सोभित अर्यालले बताएका छन् । उनले यस घटनाको बारेमा विशेष छानविन तथा अनुसन्धान अगाडी बढिरहेको समेत जनाएका छन् ।
योसँगै यस मन्दिर परिसरमा तीन पटक चोरीका घटना घटिसकेका छन् । टोखाबासीहरुको धार्मिक तथा साँस्कृतिक महत्वको यस मन्दिर परिसर दिनप्रतिदिन असुरक्षित बन्दै गैरहेको छ सम्बन्धित निकायले तत्काल सुरक्षाका लागि पहलकदमी नचाल्ने हो भने निकट भविष्यमा ठुलो दुर्घटना व्यहोर्न नपर्ला भन्न सकिन्न ।
क्याटेगोरी : समाचार
ट्याग : #टोखाको चण्डेश्वरी महादेव
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्