जोगीको भेषमा चोरी गर्ने दुई जना भारतीय नागरिक चितवनमा पक्राउ
चोरी नियन्त्रणमा लिन प्रहरी सक्रिय छ - एसपी पुरी

शरीरमा सेतो वस्त्र,
हातमा कमण्डलु र निधारमा खरानी।
काम दिनभर घर-घरमा पुगेर माग्ने। भारत नंगल देवत दक्षिण पश्चिम दिल्ली घर भएका बर्ष १९ को नितिन नाथ र भारत नछफगढ साउथ वेस्ट दिल्ली घर भएका बर्ष २२ को मंजितको दैनिकी थियो।
आफूलाई जोगी र माग्ने बताउने यी दुई जना मंगलबार चितवन प्रहरीको फन्दामा परे। जोगीको भेषमा भिख माग्दै हिँड्ने दुई जना प्रहरीको हात लागेसँगै उनीहरूको राज खुल्यो। जोगीको भेषमा चोरको ‘खबरी’।
जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीको टोलीले मंगलबार दिउँसो रत्ननगर ६ स्थित सौराहाबाट चोरी गरेको अभियोगमा नितिन र मन्जितलाई पक्राउ गरेको थियो। उनीहरुको साथबाट प्रहरीले चोरी भएका नगद र सुनका मुद्रा फेला पारेको चितवनका प्रहरी प्रमुख गोबिन्द पुरीले जानकारी दिए ।
एसपी पुरीले चोरहरूले चोरी गर्ने मौका बारे जानकारी लिन विभिन्न भेषमा ‘खबरी’ पठाउने गरेको बताउँछन् । भरतपुर महानगरपालिका -१० स्थित बालमन्दिर रोडमा एक पिडीतले दिएको हुलियाका आधारमा हामीले उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौँ। उनीहरूको चोरीका नयाँ-नयाँ तरिका पत्ता लाग्नेछ ।
जोगीको भेषमा आउने उनीहरु भारतबाट नै चोरी गर्नेका लागि नेपाल आउने गरेको प्रहरीको अनुसन्धानले समेत देखाएको छ। उनीहरूले समूहमा चोरी गर्दा विभिन्न तरिका अपनाउने गरेका छन्। एसपी पुरी भन्छन्, ‘चोरहरूले समूह बनाएर चोरी गर्छन्। चोरी गर्ने घर र ठाउँको जानकारी लिन उनीहरूले विभिन्न तरिका अपनाएको देखिन्छ।
विभिन्न व्यक्तिलाई जोगी, घरमा काम गर्ने आदि बनाएर पठाउने गरेको समेत खुल्न आएको छ । जिल्लामा हुने चोरी नियन्त्रण गर्न प्रहरीले विशेष सुरक्षा रणनीति अपनाएको भन्दै प्रहरी प्रमुख पुरीले अपराधीक गतिबिधि हुन नदिनेतर्फ प्रहरी सजग रहेको दाबी गरे ।
क्याटेगोरी : अपराध/सुरक्षा, फोटो फिचर, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, समाज, स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्